कार्तिक २७ , सोमबार
।वामगठबन्धनको उम्मेदवारहरुको विजयले मात्र राष्ट्रको सम्वृद्धि सम्भव भएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । नेकपा एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्वर ३ माछापुच्छ्रे-२ सार्दीखोलामा वामगठबन्धनको कार्यालय समुद्घाटनमा बोल्ने अधिकांश वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष एवं समानुपातिक उम्मेदवार सोमनाथ अधिकारी प्यासीले वाम शक्तिहरुले बहुमत प्रापत् गर्न सके मात्र जनताले अपेक्षा गरे अनुरुपको विकास र सम्वृद्धि सम्भव रहेको बताए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला निर्वाचन परिचालन संयोजक दामोदर बैरागी, जिल्ला कमिटी सचिवालय सदस्य नारायण बास्तोला, जिल्ला कमिटी सदस्यहरु बलराम गौतम, महेश्वर दवाडी, हर्कबहादुर घर्ती, कर्णसिंह गुरुङ, विष्णु केसी, मानबहादुर तामाङ लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा एक दर्जन भन्दा बढी युवाहरु नेकपा एमालेमा प्रवेश गर्दै निर्वाचनमा वाम गठबन्धनलाई सहयोग गर्ने जनाएका छन् ।
वडा कमिटीका अध्यक्ष एवं माछापुच्छ्रे गाउँपालिका-२ का अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत केदार आचार्य र कार्याक्रमको सञ्चालन किरण आत्रेयले गरेका थिए ।