पोखरा, २६ कात्तिक
के तपाईं जागिरको खोजिमा हुनुहुन्छ ? कि जागिर नपाएर भौतारिरहनु भएको छ ? यदी जागिर नपाएर भौतारिरहनु भएको छ वा तपाईं जागिरको खोजिमा हुनुहुन्छ भने अब चिन्ता नलिनुस् । तपाईंलाई पोखराको हाम्रो जब नेपाल डटकमले रोजगार खोज्न सघाउने भएको छ । त्यो पनि निःशुल्क रुपमा ।
पोखराको बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले नेपालका जुनसुकै ठाउँमा जागिर खोजि दिने हाम्रो जब नेपाल डटकमका प्रोपाइटर पूर्ण श्रेष्ठले जानकारी दिए । सन्ध्या कन्सल्टेन्सीका नाममा २०७० सालबाट सञ्चालित यस संस्थाले डिजिटलाइजेसन गर्दै वेबसाइटमार्फत सेवा दिन थालेको हो । यसअघी भने सन्ध्या कन्सल्टेन्सीमार्फत पोखरालाई कार्यथलो बनाएर काम गर्दै आएको थियो ।
जागिर दिने हाम्रो जबनेपाल डटकमका प्रोपाइटर श्रेष्ठ स्वयम् विदेशबाट फर्केका युवा हुन् । स्वदेशमा शिक्षा दीक्षा लिएर पनि रोजगार नपाउँदा विदेश पुगेकाले त्यहाँ पाएको दुःख र श्रम शोषण देखेर आफूले नेपालमै रोजगार दिलाउने उद्धेश्यले संस्था खोलेको उनले बताए । शुरुमा आफू स्वरोजगार हुँद अन्यलाई केहि सिमित व्यक्तिलाई भएपनि रोजगार दिने भनेर खोलिएको यो संस्थाले अहिलेसम्म करीब २३ हजारलाई रोजगार दिलाइसकेको उनले बताए । बेरोजगारलाई रोजगारी दिलाएर बिदेश जानबाट रोक्ने आफ्नो मूख्य उद्धेश्य रहेको उनले प्रष्ट्याए ।
विहीबारदेखी देश तथा विदेश जुनसुकै ठाउँबाट जागिरका लागि फारम भर्न सकिने ब्यबस्था गरिएको प्रोपाइटर श्रेष्ठले बताए । जागिर दिने र खोज्ने दुबै पक्षलाई समेटेर संस्थाको सेवा बिस्तार गरेको उनको भनाई छ । यसका लागि शुरुमा जागिर खोज्ने वा जागिर दिने दुबैले संस्थाको धधध।जबmचयवयदलभउब।िअयm लग इन गरेर त्यहाँ भएको फारममा विवरण भर्न सकिन्छ भने ष्लाय२जबmचयवयदलभउब।िअयm मा मेल गरेर पनि फर्म भर्न सकिन्छ । फर्म निःशुल्क भर्न सकिने संस्थाले जनाएको छ । त्यहाँ जागिर दिनेले संस्थाको नाम, ठेगाना, जागिर दिने पद, तलब, सम्पर्क कार्यालय र फोन नम्बर लगायत खुलाउनुपर्छ । जागिर चाहिएकाले भने आफ्नो नाम, ठेगाना, शिक्षा, तालिम लिएको भए तालिमको विवरण, कुन सेक्टरमा कस्तो जागिर खोजेको हो सोबारे प्रष्ट पार्दै आशा गरेको तलवबारे खुलाउँदै सम्पर्क नम्बर दिनुपर्ने प्रोपाइटर श्रेष्ठले जानकारी दिए ।
फारम भरेपछि संस्थाले त्यसको कागजात हेरेर क्वालिफाइड र ननक्वालिफाइड छुट्याउँछ । क्वालिफाइड व्यक्ति छनौटपछि स्काइपमा संस्थाले कुरा गर्छ । त्यसपछि मात्र जागिर दिने र खानेलाई स्काइपमा सम्पर्क गराउँछ । दुई पक्षबीच सम्पर्क गराएर जागिर दिनेलाई कर्मचारी र जागिर खोज्नेलाई जागिर दिलाउने काम आफूहरुको भएको उनले बताए । जागिर दिलाएबापत संस्थाले जागिर पाउने व्यक्तिबाट केहिपनि लिदैन तर जागिर दिने संस्थाबाट भने केहि निश्चित रकम लिइने श्रेष्ठले बताए ।
हाम्रो जब नेपाल डटकम डिजिटलाइजेसन भएर सञ्चालनमा आएपनि सन्ध्या कन्सल्टेन्सी पनि यथावत रहने भएको छ । सन्ध्याले पुरानै तरिकाले लिखित फारम भराएर जागिर दिने र लिने दुबैलाई सम्पर्क गराउँदै आएको छ । सन्ध्या कन्सल्टेन्सीमा भने फारम भर्नका लागि ५० रुपैयाँ तोकिएको छ । फारम भर्न संस्थाको कार्यालय पोखरा बुद्धचोक पुग्नुपर्छ । फारम भर्नेलाई संस्थाले उसले चाहेको जागिर र पदका लागि तालिम दिएर पहिले योग्य बनाउँछ र जागिर पनि दिलाउने काम गर्छ । त्यसरी जागिर पाउनेले भने जागिर दिलाएबापत पहिलो महिनाको तलबको निश्चित रकम संस्थालाई तिर्नुपर्ने प्रावधान रहेको श्रेष्ठले बताए । उनले पोखराका जागिर दिने ४५ प्रतिशत कम्पनी वा संस्थासँग आफ्नो संस्थाको कनेक्सन रहेको दाबी गरे ।