अम्बिका माध्यमिक विद्यालय हेमजामा श्रीमद्भागबत महायज्ञ मंसिर ५ देखी

गणेश पहारी, पोखरा २५ कार्तिक:

पोखरा लेखनाथ महानगर पालिका २५ स्थित हेमजा सुइखेतमा अवस्थित अम्बिका माध्यमिक विद्यालयले श्रीमद्भागवत ज्ञान महायज्ञ गर्ने भएको छ । यहि आउँदो मसिर ५ देखी १२ गते सम्म गर्ने भएको हो । आठ दिन सम्म चल्ने उक्त महायज्ञ विद्यालयको स्वर्णमहोत्सवको अवसर पारेर गर्ने लागिएको शुक्रबार विद्यालय प्राङगणमा आयोजित पत्रकार सम्मेलन आयोजकले जानकारी दिएका छन । विद्यालयको नाम रहेको जग्गालाई ब्यबस्थित गर्ने र विद्यालयमा कक्षा ११ र १२मा नमुना प्राविधिक शिक्षालयका स्थापना गर्ने उद्श्यले उक्त महायज्ञको आयोजना गर्ने लागिएको ब्यवस्थापन समितिका महासचिब नेत्रपाणि भण्डारीले जानकारी दिएका छन ।

मूल आयोजक समितिका संयोजक केशब राज भण्डारीले अहिलेको बर्तमान शिक्षाले नेपालीहरुलाई झन झन बेरोजगार उत्पादन गर्ने थलो भएको छ भन्दै अबको शिक्षा रोजगार सहित प्राविधिक शिक्षा भन्ने नारालाई आत्म सात गर्दै, विद्यालयमा प्लस टु मा इलेक्टिकल्स सहितको प्राविधिक शिक्षा अध्यापनको लागि महायज्ञको आयोजना गर्ने लागिएको संयोजन भण्डारीले बताए । उनले भने यज्ञलाई सफल पार्नका लागि १ हजार १ मुलआयोजक सदस्य, ६६ बटा उपसमिति, ८ बटा समुह सहित महानगरको प्रत्येक बडाहरुमा ५० बटा भन्दा बढी सम्र्पक समितीहरु गठन गरिएको उनले जानकारी दिएका छ ।


प्रधानध्यापक हरिकुमार श्रेष्ठले विद्यालय उत्तरतिर पहाड र दक्षिण बाग्लुङ हाइवयका साथ भौगोलिक हिसावले जम्मा ४ रोपनी क्षेत्रफलमा रहेको विद्यालयले, भारतिय राजदुताबास बाट समेत स्किृत भएको ६ करोड रुपैयालाई भौतिक पूर्वाधार निर्माण गर्ने क्षेत्रफल थोरै भएकोले उपभोग गर्ने नपाएको बताउद,ै यसको भौतिक पूर्वाधार विकास गर्ने र विद्यालयलाई अपुग हुने जग्गा खरिद सहित नमुना प्राविधिक शिक्षालय स्थापनाको लागि यो महायज्ञको आयोजना गर्ने लागिएको आयोजित पत्रकार सम्मेलनमा प्रधानध्यापक श्रेष्ठले भने । बि.स २०२४ साल पुषमा स्थापना भएको विद्यालयमा छात्र र छात्रा सहित करिब ४ सय जना बिधार्थी अध्ययन गर्ने र विद्यालयमा कक्षा एक देखी छ सम्म अग्रेजी माध्यममा पढाई हुदै आईरहेको छ । विद्यालयमा स्थापना गरिएको अक्षयकोषको प्राप्त ब्याजबाट १ सय ५० जना भन्दा बढी कक्षा एक देखी पाँच सम्म अध्ययन गर्ने गरिब तथा जेहेन्दार विधार्थीहरुलाई खाजा वितरण गरि अध्यापन गरीरहेको विद्यालयले जानकारी दिएको छ ।

आठ दिन सम्म चल्ने उक्त महायज्ञमा दिनबन्धु पोखरेलले कथा बाचन गर्ने र यज्ञबाट बाट करिब ३ करोड रुपैया बढी उठाउने र खर्च सकभर कम गर्ने लक्ष्य रहेको आयोजकले जानकारी दिएका छन । श्रीमदभागबत ज्ञान महायज्ञ मूल आयोजक समितिका संयोजक केशबराज भण्डारी अध्यक्षता भएको कार्यक्रममा ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रराज पौडेल, स्वर्ण महोत्सव आयोजक समितिका संयोजक शोभाखर भण्डारी,गुरुयोजना संयोजक तिर्थ लुइटेल तेसै गरि भुपु प्रधानध्यापक मादबशरण बास्तोला, जनप्रतिनिधि लक्ष्मी अधिकारी , लोकदोहोरी गायक तथा भुपु विद्यार्थी ऋिषि अधिकारी र कोषाअध्यक्ष नवराज अधिकारी लगाएतका बक्ता्हरु बिद्यालयले आयोजना गरेको उक्त महान कार्यलाई पर्वको रुपमा लिई आफुहरुले जुनसुकै सहयोग गर्ने तयार रहेको भन्दै आफ्ना भनाई राखेका थिए ।

प्रकाशित मितिः शनिबार, कार्तिक २५, २०७४     3:56:14 PM

Ganesh Pahari

See all posts by