बाम गठबन्धनलाई जिताउन पोखरा लेखनाथ १० मा प्रचार प्रसार कार्यालय स्थापना 

 पोखरा २४ कार्तिक ,
बाम गठबन्धनका उमेदवारलाई जिताउने उद्देश्यका साथ  बाम गठबन्धन पोखरा लेखनाथ महानगरपालिका १० मा निर्वाचन प्रचार प्रसार कार्यालय स्थापना गरेकोे छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गरी बाम गठबन्धनका उमेदवारलाई जिताउने उद्देश्यका साथ शुक्रबार निर्वाचन प्रचार प्रसार कार्यालयको स्थापना गरिएको प्रचार प्रसार संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए ।
प्रतिनिधी सभामा कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभामा पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारी र प्रदेश सभा ख बाट युवा नेता मन बहादुर गुरुङ उमेदवार रहेका छन । अधिकारी र गुरुङलाई जिताउनका लागी पोखरा लेखनाथ १० बाम गठबन्धनले प्रचार प्रसारलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यालयको स्थापना गरिएको हो ।
चुनावलाई लक्षित गर्दै गठित विभिन्न उपसमितीहरुको समेत शुक्रबार बैठक सम्पन्न भएको छ । जस अन्तर्गत आर्थिक उपसमितीको संयोजक चेत बहादुर गुरुङको अध्यक्षतामा भएको बैठकले निर्वाचनलाई प्रभावकारी बनाउनका लागी बाम गठबन्धनका सुभेच्छुकहरुबाट स्वस्फुर्त रुपमा आर्थिक संकलन गर्ने निर्णय गरेको छ ।
त्यस्तै महिला परिचालन उपसमितीको बैठकले सम्झना अधिकारीको संयोजकत्वमा २ सय ५ सदस्यीय प्रचार प्रसार समिती गठन गरेको छ । सिमा गुरुङ सह संयोजक र जानुका अधिकारी सचिव रहने गरी गठित समितीले कास्की क्षेत्र नम्बर एकका प्रतिनिधी सभा र प्रदेश सभाका उमेदवारलाई जिताउनका लागी घरदैलो अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
शुक्रबार नै सम्पन्न मुल कमिटीका संयोजक गंगा कुंवरको अध्यक्षतामा सम्पन्न बैठकले आगामी कार्तिक २६ गते बिहान साढे सात बजे प्रचार प्रसार समितीको कार्यालय उद्घाटन गरी सोही दिन प्रतिनिधी सभाका उमेदवार खगराज अधिकारी र प्रदेश सभाका उमेदवार मनबहादुर गुरुङ सहित घरदैलो कार्यक्रम गर्ने निर्णय समेत गरेको कमिटीका सचिव राजु श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०७४     5:40:55 PM

Tara Chapagain

See all posts by