कसमसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

पोखरा २४ कार्तिक
कसमस इन्टरनेशनल कलेजको आयोजनामा अतिरिक्त क्रियाकलाप अन्तरगत विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउन विद्यार्थीहरुका बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा प्रथम तथा दोश्रो वर्षका साइन्स तथा नन साइन्स संकायका विभिन्न हाउसबाट १२ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिता प्रारम्भिक चरण, अडियो भिडियो चरण र ¥यापिड फायर चरण गरि ३ चरणमा विभाजित गरि सम्पन्न गरिएको थियो । उक्त प्रतियोगिता डार्विन हाउस “ए” का लक्ष्मी गुरुङ्ग र राहुल पाइजाले प्रथम स्थान, ग्यालिलियो हाउस “ए” का रजी गुरुङ्ग र आकाश गुरुङ्गले दोश्रो स्थान र डार्विन हाउस “सी” का अस्मिता थापा र रुपेश छन्त्यालले तृतिय स्थान हासिल गर्न सफल भए ।

उक्त कार्यक्रम कलेजका एकेडेमिक को–अर्डिनेटर भरत गुरुङ्गले सञ्चालन गरेका थिए भने कार्यक्रममा विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई कलेजका प्रशासक चित्र गुरुङ्गले विद्यार्थीहरुलाई खादा तथा अविर लगाई बधाई दिएका थिए ।

 

प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०७४     5:31:59 PM

Tara Chapagain

See all posts by