नेसनल आर्ट स्कुलले ‘बार्दलीको छेउबाट’ नाटक प्रदर्शन गर्ने

पोखरा, २४ कात्तिक:
पोखराको नेसनल आर्ट स्कुलले नाटक प्रदर्शन गर्ने भएको छ । पोखरामा पहिलोपटक खुलेको नाटक कला अध्ययन गराउने नेसनल आर्ट स्कुलले मंसीर २९ र पुष १ गते ‘बार्दलीको छेउबाट’ नाटक प्रदर्शन गर्न लागेको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा मंसीर २९ र पुष १ गते अपराह्न ३ बजे १÷१ सो प्रदर्शन गर्ने स्कुलका संस्थापक निर्देशक कृष्ण उदासीले जानकारी दिए ।

नेसनल आर्ट स्कुलको प्रस्तुतीमा प्रदर्शन हुन लागेको नाटकको लेखन तथा निर्देशन उदासीकोरहेको छ । नाटकमा नेशनल आर्ट स्कुलमा अध्ययन गरिरहेका विधाथीहरुकै कलाकारीतामा नाटक प्रर्दशनि गरिने छ । नाटकमा कलाकारहरुमा ममता मञ्जुल, निश्चल विमल, एलिसा विक, कृष्ण पौडेल, पार्वती थापा, विष्णु तिमिल्सिना, कुशल अधिकारी, लक्ष्मी न्यौपाने, सोनिया खत्री र प्रवेश श्रेष्ठ रहने भएका छन् । लक्ष्मी हमालको परिकल्पना, शान्ति थापा पुनको कोरियोग्राफी, सगुन तामाङको द्वन्द्व, रोम तामाङको संगीत संयोजनमा प्रदर्शन हुन लागेको ‘बार्दलीको छेउबाट’ नाटकको तयारी शुरु गरिएको नाटकका निर्देशक कृष्ण उदासीले जानकारी दिए ।

‘बार्दलीको छेउबाट’ सामाजिक प्रयोगबादी नाटक भएको निर्देशक उदासीले बताए । सामाजिक यथार्थमा आधारित प्रयोगबादी यस नाटकमा सामाजिक, आर्थिक, राजनीतिक बिसंगति, विकृतिलाई उठाउँदै यसले समाजमा ल्याएको पारिवारिक बिखण्डन र बिचलनलाई सरल ढंगमा उजागर गर्ने प्रयास गरिने उनले बताए । नेपालमा करीब ३३ प्रतिशत मानिस डिप्रेसनको रोगी रहेको दाबी गर्दै निर्देशक उदासीले नाटकमा डिप्रेसनको कारण खोतल्ने प्रयास गरिने बताए ।

नाटक प्रदर्शनका लागि करीब ३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । नाटक अवलोकनका लागि २ सय, ५ सय र एक हजार रुपैयाँ प्रवेश टिकट दर कायम गरिएको उदासीले जानकारी दिए । स्कुलका संस्थापक निर्देशक कृष्ण उदासीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्कुलकी संस्थापकरब्यबस्थापक ममता मञ्जुल र सञ्चालन स्कुलका मिडिया संयोजनक तथा पत्रकार सन्देश श्रेष्ठले गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०७४     5:28:45 PM

Ganesh Pahari

See all posts by