सृजनशिल कलाकार समुहद्धारा प्रधानमन्त्री राहतकोषलाइ रकम हस्तान्तरण

पोखरा २३ कात्तिक

सृजनशिल कलाकार समुहले बाढि पिडीतको सहयोगार्थ चित्रकला प्रर्दशनी बाट संकलित रकम ६५ हजार प्रमुख जिल्ला अधिकारी   तारानाथ अधिकारीलाइ हस्तान्तरण गरेका छन् । अधिकारीले सृजनशिल कलाकार समुह कास्कीले गरेको यो कार्य अति नै शरणीय रहेको बताए उनले हालसम्म प्रधानमन्त्री राहत कोष्ाँमा थुप्रै रकम जम्मा भएपनि कसैले रकम हस्ततान्तरण नगरेको पनि बताएका छन् ।  उनले स्याङजा पछिको यो दोस्रो ठुलो रकम रहेको पनि जानकारी दिए ।सृजनशिल कलाकार समुह कास्कीका अध्यक्ष नगेन सिह ठकुरीले आफु नियम र कानुन अनुसार नै चल्ने हुनाले यस्तो सहयोगी कार्य गर्न पाउदा खुशी लागेको बताए ।

सृजनशिल कलाकार समुहकी अपाध्यक्ष मिलन शेरचनले चित्र किन्नेले पनि बाडिपिडीतलाइ सहयोग गरेको बताइन
गत साउन १७ देखि २४ गतेसम्म पोखरा आर्ट ग्यालरीमा फोटो प्रर्दशनीमा राखिएको थियो । उक्त फोटो प्रर्दशनीमा ३ हजार देखि ३० हजार सम्मका फोटो बिक्रीमा राखिएको थियो

 

प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०७४     6:45:17 AM

Tara Chapagain

See all posts by