४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

तनहुँ : सवारी दुर्घटना ४ जना घाईते

मिति २०७४।७।२२ गते अन्दाजी ०४:५० बजेको समयमा जिल्ला तनहुँ म्याग्दे गाउँपालीका ६- छविसे स्थित पृथ्वीराजमार्गमा  पोखराबाट विरगंन्जतर्फ जादै  गरेको ना ७ ख २५७२ नं. को बस आफै अनियन्त्रीत भई सडकदेखी अन्दाजी ७\८ मिटर तल खस्न जादा बसमा सवार अं ३०।३५ जना यात्री मध्ये ८ जना घाईते भई उपचारको लागी जि.पी मेमोरियल अस्पताल बेलचौतरा,तनहुं ल्याईएको, ऐ. ०५:३० बजे सामान्य उपचार पश्चात ४ जना घाईतेहरुलाई गण्डकी अस्पताल पोखरा रिफर गरीएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई बस चालकलाई नियन्त्रणमा लिईएको छ ।

   पोखरा रिफर गरीएका निम्न घाईतेहरु:-

  • जिल्ला पर्सा बिरगंन्ज महानगरपालीका बस्ने वर्ष ४७ की कल्पना गिरी
  • सोहिस्थान बस्ने वर्ष ४२ कि नविता कोईराला
  • भारत बिहार बस्ने बर्ष ४७ को खेद चोदान बायाँ हातमा चोट अवस्था मध्यम।
  • सोहिस्थान बस्ने वर्ष २४ को मुन्ना ठाकुर

तनहुँ  :  सवारी दुर्घटना १ जना घाईते

मिति २०७४।०७।२२ गते अन्दाजी ११:३० बजेको समयमा तनहुँ बन्दीपुर गाँउपालीका- ५ ढाबटार स्थित पृथ्वीराजमार्गमा डुम्रेबाट आबुखैरेनी तर्फ जाँदै गेरेको लु१ख ७८५४ नं.को बसले पैदल यात्री सोहिस्थानका वर्ष २२ की गौरी अधीकारीलाई ठक्कर दिँदा घाईते भई सोही गाडीले उपचारको लागि गोर्खाली पोलिक्लिन्क आबुखैरेनी लगिएकोमा थप उपचारको लागि पोखरा चरक अस्पताल रिफर गरीएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली टोली खटिगई नियन्त्रणमा लिईएको छ ।

 बागलुङ : आगोलागी भएको

मिति २०७४।०७।२१ गते बागलुङ बरेङ गा.पा. २ सुडला बस्ने वर्ष ४८ बिर बहादुर नेपालीले राखेको झरना मोबाईल पसलमा अचानक बिजुलिको तार सर्ट भई आगलागि हुदा  उक्त पसलमा रहेको १ थान कम्प्युटर लगाएत अन्य मोबाईलको समानहरु जलि अन्दाजी जम्मा ४,०००००/- (चार लाख )बराबरको क्षति भएको छ । कुनै मानबिय तथा चौपाए क्षति नभएको र आगो नियन्त्रणमा आईसकेको छ ।

बागलुङ : झुन्डी मृत अवस्थामा फेला

मिति २०७४।०७।२२ गते जिल्ला बागलुङ गलकोट न.पा.२ जसपुर बस्ने वर्ष ४८ को छबिलाल बि.क मिति २०७४।०७।२० गते  देखि हराई बेपत्ता  भएकोमा खोजतलाश गर्ने क्रममा आज मिति २०७४।०७।२२ गते ०९:३५ बजेको समयमा गलकोट न.पा. २ स्थित रहेको दामगाडे सामुदायिक बनमा मौवाको रुखमा नाम्लोको पासो लगाइ झुन्डी मृत छिन  भनि निजको भाई पुर्ण बहादुर बि.क ले यस जानकारी गराउन साथ तत्कालै प्रहरी टोली खटिघई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

कास्की : बिदेशि नागरिकलाई क्यामरा सहित  नियन्त्रणमा लिईएको

 मिति २०७४।०७।२२ गते अन्दाजी ०८:३५ बजेको समयमा जिल्ला कास्की अँन्नपुर्ण गाँउपालिका-१० घान्द्रुक स्थितमा ब्रिटिस नागरीक वर्ष ५७ को P.P.N.53886654406 भएको FIE  LUN  ALAN CHAN नाम गरेको ब्यक्तिले ड्रोन क्यामरा उडाई रहेको अवस्थामा फेला पारी थान -१ ड्रोन क्यामरा सहित नियन्त्रणमा लिई पर्यटक प्रहरी कार्यालय कास्कीमा पठाई थप अनुसन्धान भईरहेको छ ।

 कास्की : मागपुरा नभएकाले -यालि निकालेको

मिति २०७४।०७।२२ गते गण्डकी मेडिकल कलेजमा सुत्केरी महिलाको मृत्यु भएको घटना सम्बन्धमा स्याङ्जा पोखरा सम्पर्क समाजका अध्यक्ष सन्तोष अर्यालको नेतृत्वमा अंन्दाजी १५० जना घाईतेको आफन्तहरुद्धारा क्षेतीपुर्तिको माग राख्दै र्‍याली निकालीएको छ । उक्त र्‍याली गण्डकी मेडिकल कलेजबाट सुरु भई नयाँबजार,चिप्लेढुङ्गा,न्युरोड,सभागृह हुँदै  जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । उक्त स्थानको शान्ति सुरक्षाको लागी प्र.ना.उ.खड्क बहादुर खत्रीको कमाण्डमा ४१ जनाको टोलि खटी गएको  छ ।

  कास्की : सवारी दुर्घटना २ जना घाईते

मिति २०७४।०७।२२ गते अन्दाजी १२:१५ बजेको समयमा जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका ५ मालेपाटन स्थितमा ग १२ प ७६४५ न को मोटरसाईकल  र ग ५ प ७०४  न को मोटरसाईकल एक आपसमा ठक्कर खादा ग ५ प ७०४ न को चालक पोखरा १५ नयाँगाउ बस्ने वर्ष १८ को सुनिल तामाङ र .ग १२ प ७६४५ न को चालक पोखरा ७ घारीपाटन बस्ने वर्ष ३५ कि सरस्वति गिरी घाईते भएका छन । घाईते दुवैजानालई उपचारको लागि मेट्रोसिटि अस्पताल पोखरा  ल्याईएको छ ।

कास्की : पुरुष ब्यक्ति मृत अबस्थामा फेला

 मिति २०७४।०७।२२ गते अन्दाजी ०८:३० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका-९ पृथ्बिचोक स्थित पृथ्बि बसपार्क भित्र रहेको टोल बिकाश समितिको कार्यालयको पेटिमा मागि खाई हिड्ने नाम थर वतन नखुलेको  वर्ष अन्दाजी ६०/६५ को जस्तो देखिने रातो ज्याकेट र सेतो निलो जिन्स पाईन्ट लगाएको पुरुष ब्यक्ति मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुनसाथ उक्त स्थानमा व.प्र.का.बैदामबाट प्र.नि.बसन्त कुमार शर्माको कमाण्डमा SOCO सहित ७ जनाको प्रहरी टोलि खटिई गई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 तनहुँ  : बेवारिसे महिलाको मृत्यु

मिति-२०७४।७।२२ गते अन्दाजी १४:५० बजेको समयमा तनहुँ बन्दीपुर गा.पा.-१ डुम्रे बजारमा हाल नाम थर नखुलेको मागी खाई हिंड्ने बर्ष अन्दाजी ४० की महिला बेहोश अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका छन ।

 मिति : २०७४।०७।२२ गते ।                                      प्रहरी उपरीक्षक

                                                                            (बसन्त बहादुर कुँवर )

प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०७४     9:20:59 PM

Tara Chapagain

See all posts by