हाम्रो सहयोगी सहकारीको साधारणसभा पत्रकार सुरेन्द्र पौडेल सम्मानित

पोखरा, १८ कात्तिक
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) का सञ्चालक तथा प्रदेश नं. ४ का संयोजक भीम गुरुङले सहकारीलाई सरकारको नीति अनुरुप सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । पोखराको पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. आठौं साधारणसभा तथा तेस्रो अधिवेशनमा उनले संस्थालाई दीगो रुपमा सञ्चालन गर्न सबैले ध्यान दिनुपर्ने खाँचो औंल्याए ।

सहकारीलाई राम्रो ढंगले सञ्चालन गर्न सबै लागि पर्ने हो भने पोखरालाई निकट भविश्यमा सहकारी शहरको रुपमा विकास गर्न सकिने उनले स्पष्ट पारे । संसदबाट हालै पारित नयाँ सहकारी ऐन सहकारी मैत्री भएको भन्दै उनले सबैले उक्त ऐन अध्ययन गर्न आग्रह गरे ।

सहकारीले अर्थतन्त्रमा उल्लेख्य योगदान पुु¥याएको भन्दै गुरुङले उत्पादन क्षेत्रमा ३ र वित्तीय क्षेत्रमा १७ प्रतिशत हिस्सा ओगटेको जानकारी दिए । सहकारी संख्यात्मकरुपमा बढिरहे पनि गुणात्मकरुपमा विकास हुन नसकेको भन्दै यसतपष्र्m सबैले ध्यान दिनु आवश्यक रहेको उनले बताए । ‘सहकारीलाई गुणात्मकरुपमा वृद्धि गर्ने हो भने सहकारीहरूबीच मर्जर उपयुक्त विकल्प हो,’, उनले भने, ‘सहकारीको व्यवस्थापनमा देखिएको समस्या न्यूनीकरण गर्न र शक्तिशाली संस्था स्थापनाका लागि मर्जुर अपरिहार्य छ ।’

कास्की बचत संघका अध्यक्ष सुुदीप ढकालले सहकारीको मुुटुु शेयर सदस्य भएको बताए । उनले भने, ‘सहकारीको मुख्य चुनौती दीगो विकास एवं सदस्यको चाहना बमोजिम सञ्चालन गर्नु हो ।’ उनले सहकारीका सिद्धान्त, मूल्य र मान्यता अनुुरुप सञ्चालन गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक एवं नैतिक विकास गर्नुपर्नेमा जोड दिए ।
जिल्ला सहकारी संघका उपाध्यक्ष हरिभक्त पौडेलले थोपा,थोपाको समुुद्र, कण,कणको पहाड नै सहकारी भएको बताए । उनले व्यक्तिको एकल सोंच र निर्णयले होइन सामुुहिक निर्णय र सोंच अनुुरुप सहकारी सञ्चालन हुनुुपर्ने खाँचो आंैल्याए ।

कृषि सहकारी संघका अध्यक्ष शिवजी कोइरालाले सहकारीले कृषि क्षेत्रका लागि लगानी छुुट्याउनुुपर्नेमा जोड दिए । उनले सहकारीहरू दर्शन, सिद्धान्त अनुुरुप सञ्चालन नभएकाले सहकारीकर्मीले यसमा ध्यान पुु¥याउनुुपर्ने खाँ मञ्जुु पौडेल, पिपल्स सहकारीका अध्यक्ष युुवराज बोहरा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीचो औंल्याए । सहकारी अभियानमा खुुट्टा तान्ने प्रवृत्ति मौलाउँदै गएकोमा चिन्ता प्रकट गर्दैै उनले यस्ता प्रवृत्ति अन्त्य हुनुुपर्ने बताए ।
संस्थाका अध्यक्ष किसान सुनारको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नवीन किरण भुुषाल, संस्थापक अध्यक्ष गिरी प्रसाद गुरुङ, लेखा समिति सदस्यय अधिकृत अनिल शाही लगायतले बोलेका थिए ।

पौडेल सम्मानित

हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.को आठौं साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा शनिवार पत्रकार सुरेन्दपौडेल सम्मानित भएका छन् ।

आर्थिक आवाज साप्ताहिकका कार्यकारी निर्देशक समेत रहेका पौडेल पोखरवाट आर्थिक विटमा कलम चलाउदै आएका छन् । उनी आर्थिक अभियान दैनिकको पोखरा संवाददाता समेत हुन् ।

प्रकाशित मितिः आइतवार, कार्तिक १९, २०७४     10:19:26 AM

Tara Chapagain

See all posts by