लायन्सले आखाँको दृष्टि बचाउन गर्यो सचेतना र्‍याली

पोखरा, १८ कात्तिक ।

‘आँखाको दृष्टि बचाउँ’ भन्ने मूल उद्देश्यका पोखरामा सचेतना र्‍याली सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल साइट फस्ट एण्ड भिजन विभाग तथा हिमालयन आँखा अस्पताल पोखराको आयोजनामा शनिबार र्‍याली भएको हो । डिष्ट्रिक्ट अन्तर्गतका गण्डकी तथा धौलागिरी क्षेत्रका जोन चियरपर्सनहरुको समन्वयमा कार्यक्रम भएको हो ।

पोखराको सभागृह हलबाट सुरु भएको र्‍याली न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पुनः सभागृह हल पुगेको थियो । र्‍याली पश्चात आयोजित कार्यक्रममा आँखाको महत्वका बारेमा हिमालयन आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. ईन्द्रिमान महर्जनले सचेतना मन्तव्य राखेका थिए ।

22

लायन्स स्थापनाको सय वर्ष पुगेको अवसरमा डिष्ट्रिक्टले एकसय वटा कार्यक्रम गर्न तय गरेको थियो । शनिबारको सचेतना र्‍याली डिष्ट्रिक्टको महत्वपूर्ण कार्यक्रम मध्यमा परेको डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले बताए । ‘मानव जीवनमा आँखाको निकै ठूलो महत्व छ,’ उनले भने, ‘आम मानिसलाई आँखाको दृष्टि जोगाउन ध्यान दिनुपर्छ भन्ने सन्देश सचेतना ¥यालीले प्रदान गरेको छ ।’

गभर्नर आचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धिबहादुर थापाले आँखाको दृष्टि बचाउन सबैैले ध्यानदिनुपर्ने बताए । र्‍यालीमा १ हजार २ सय भन्दा बढी सहभागी भएको साइट फस्ट एण्ड भिजन विभागका चिफ सुचित्रा थापाले जानकारी दिइन् । लायन्स लिडर तथा सदस्यहरुका साथै नोभेल एकेडेमी, नर्सिङ क्याम्पस, पद्म नर्सिङ होम, आँखा अस्पतालका विद्यार्थीहरु ¥यालीमा सहभागी रहेको उनले बताइन् ।

11

गोरखा आँखा अस्पतालको आवश्यक विभिन्न स्वास्थ्य सामग्री सोही अवसरमा हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा भृकुटीको संयोजनमा आँखादान समेत गरिएको छ । उक्त अवसरमा २६ जनाले आँखादान गरेको डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

त्यस्तै, लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीले आँखा परीक्षण विशेष अभियान सुरु गरेको छ । सोही अवसरमा उक्त अभियानको शुभारम्भ गरिएको हो । क्लबले एक वर्षभित्र एक लाख जना बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने क्लबका संस्थापक अध्यक्ष तथा जोन चियरपर्सन डोलराज पोखरेलले जानकारी दिए । कार्यक्रममा हिमालयन आँखा अस्पतालका अध्यक्ष प्रा.डा. डाक्टर दीलबहादुर क्षेत्री लगायतले आँखाको महत्वका बारेका धारणा राखेका थिए ।

33

प्रकाशित मितिः आइतवार, कार्तिक १९, २०७४     8:02:44 AM

Tara Chapagain

See all posts by