प्रचारप्रसार गर्दागर्दै उम्मेदवार बेहोस, उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

 कात्तिक १७:

  आगामी मंसिर १० गते हुन गइरहेको चुनावमा रामेछापको प्रदेशसभा (ख) बाट उम्मेदवारी दिएका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार रामवहादुर तामाङ बेहोस हुनुभएको छ ।  चुनाव प्रचारप्रसारको अभियान अन्तर्गत शुक्रबार सदरमुकाम मन्थली आइपुग्नुुभएका उम्मेदवार तामाङ अकस्मात मन्थलीमा बेहोस हुनुभएको हो । उहाँलाई स्थानीय रामेछाप सामुदायिक अस्पतालमा उपचारपछि पनि होस नखुलेपछि थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जानकारी पार्टीका जिल्ला अध्यक्ष सोनाम लामाले जानकारी दिनुभयो । उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गरिने पार्टीले जनाएको छ । ४३ वर्षका तामाङ केही दिनअघि मात्र चुनाव प्रचारप्रसारका सामाग्री र आवश्यक खर्च जुटाउन भन्दै काठमाडौं जानुभएको थियो । अस्पताल श्रोतका अनुसार तामाङलाई सामान्य ज्वरो आउनुको साथै शरीरभर खटिरा देखिएको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १७, २०७४     6:12:58 PM

Ganesh Pahari

See all posts by