कास्की काँग्रेसको काबा सभापतिमा भट्टराई

पोखरा, १७ कात्तिक:

नेपाली काँग्रेस कास्कीमा कार्यबाहक सभापतिको जिम्मेबारी सचिव सुदिपमोहन भट्टराईलाई दिइएको छ। कास्की काँग्रेसको शुक्रबारको बैठकमा सभापति कृष्ण केसीले निर्वाचन अवधिभरका लागि सचिव भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेबारी दिएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।

कास्की काँग्रेसका सभापति केसी कास्की जिल्ला निर्वाचन क्षेत्र नं १(ख) बाट प्रदेश सदस्यको उम्मेदबार भएका कारण सभापतिको जिम्मेबारी सचिव भट्टराईलाई दिइएको हो। कार्यवाहक सभापति भट्टराईले निर्वाचन अवधिभरमा पार्टीले निर्वाह गर्नुपर्ने भुमिको नेतृत्व गर्ने छन्।

उनले सबैको सल्लाह र सुझाव अनुसार नै निर्वाचनमा पार्टीलाई प्रभावकारी ढंगबाट अघि बढाउने दृढता व्यत्त गरेका छन्।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो।

यसैबीच, नेपाली काँग्रेस क्षेत्र नं १ कास्कीको शुक्रबारको बैठकले कात्तिक १८ गते शनिवार क्षेत्रीय भेला गर्ने निर्णय गरेको छ।
भेला पोखरा लेखनाथ महानगरपालिका चाउथे नजिक हुने क्षेत्रीय सभापति बिर्जमान गुरुङले जानकारी दिए। भेलाले निर्वाचन प्रचार समिति गठन गर्नेछ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १७, २०७४     5:37:49 PM

Ganesh Pahari

See all posts by