१६, कार्तिक २०७४
बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ प्रतिभा छनोट समिति गठन भएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीको संयोजकत्वमा ५ सदस्य प्रतिभा छनोट समिति गठन भएको छ । समितिका सदस्यहरुमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुरस्कार स्थापना गर्ने परिवारका सदस्य शर्मिला श्रेष्ठ र बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी रहेका छन् ।
स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा वहाँका परिवारजनबाट स्थापित पुरस्कारको राशी रु पन्ध्र हजार एक सय एघार रहेको छ भने पुरस्कार स्वर्गिय आनन्दराज श्रेष्ठको बार्षिक पुन्यतिथिको अवसर पारी प्रत्येक बर्ष प्रदान गरिदै आएको छ ।
बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणको बिषयमा बर्ष भरी उष्कृष्ट लेख तथा समाचार प्रकाशन एवं प्रशारण गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मीलाई सो पुरस्कार प्रदान गरिने पुरस्कारका सस्ंथापक बाबा फाउण्डेशन नेपालका अध्यक्ष दिलीपराज श्रेष्ठले बताए ।
यस अघि सो पुरस्कारबाट सञ्चार माध्यमको तर्फबाट गण्डकी मिडिया हाउस, सञ्चारकर्मीमा लामो समयदेखि बालबालिका र वातावरणको क्षेत्रमा कृयाशिल रविराज बसौला, कान्तिपुर दैनिकमा कार्यरत लालप्रसाद शर्मा र अन्नपुर्ण पोष्टमा कार्यरत कृष्णमणि बराल सम्मानित भैसकेका संस्थाका सचिव टंकराज अधिकारीले जानकारी दिए ।