तीन वर्ष बित्यो, लागू भएन सुर्ती नियन्त्रण निर्देशिका

१५ कात्तिक,

सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी निर्देशिका बनाएको तीन वर्ष बित्यो । तर, अझै कार्यान्वयनको तहमा देखिएको छैन ।

 

सुर्तीजन्य पदार्थका बट्टा र प्याकेटमा स्वास्थ्यसम्बन्धि चेतावनीमुलक चित्रले ९० प्रतिशत भाग ढाक्नुपर्ने ‘सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका २०७१’ मा उल्लेख छ । उक्त प्रावधान अझै कार्यान्वयन हुन सकेको छैन ।

व्यवसायीहरुको अटेरीका कारण उक्त निर्देशिका लागु हुन नसकेको हो ।शहरी क्षेत्रमा टाँगिएका होर्डिङ बोर्डमा समेत चुरोटको लोगो राख्ने प्रवृत्ति हटेको छैन ।व्यवसायीको आर्थिक प्रलोभनमा परी सरकारी निकायहरुले नै निर्देशिका कार्यान्वयन गर्न आनाकानी गरिरहेको अधिवक्ता रामचन्द्र शर्माको भनाइ छ ।

‘मन्त्रालयमा जवाफदेहिता नहुँदा र व्यवसायीको चलखेलका कारण कार्यान्वयनमा आउन नसकेको हो,’ शर्माले भने ।स्वास्थ्य सेवा विभागको सुर्तीजन्य पदार्थ तथा नसर्ने रोग शाखा प्रमुख राधिका थपलियाले अटेर गर्ने उद्योग र व्यवसायीहरुलाई मन्त्रालयले कारवाही सुरु गरिएको बताइन् ।

उनका अनुसार सुर्तीजन्य पदार्थका बट्टामा ७५ प्रतिशत भाग ओगट्ने गरी चित्र राख्दा प्रयोगकर्ताको संख्या २६ दशमलव दुई प्रतिशत रहेकामा अहिले १८ दशमलव पाँच प्रतिशतमा झरेको छ ।अनलाइनखबर

प्रकाशित मितिः बुधबार, कार्तिक १५, २०७४     12:09:00 PM

Tara Chapagain

See all posts by