गुल्मीमा माइक्रो दुर्घटना, ७ जनाको मृत्यु, ६ घाइते

१३ कात्तिक, गुल्मी

वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका-४ मा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर गाडी तम्घासका लागि छुटेको थियो ।

दुर्घटनामा मृत्यु हुने र घाइतेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीले उद्धार कार्य जारी राखेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिए ।

घाइतेहरुको अबस्था हेरिकन प्रहरीलाई पाल्पा पठाउन भनिएको प्रजिअ अर्यालले जानकारी दिएका छन् ।

दुर्घटनाको कारण खुल्न सकेको छैन् । गाडीमा चालक सहित १५ जना रहेको बुझिएको छ । दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४     2:55:49 PM

Tara Chapagain

See all posts by