चुनाव पछि काँग्रेससँग मिल्ने कुुरा भ्रम मात्र हो –प्रचण्ड

कृष्ण दवाडी
पोखरा,१० कार्तिक
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएपछि माओवादी केन्द्रले नेपाली काँग्रेससँग मिलेर सरकार वनाउने भन्ने कुरा भ्रम मात्र भएको वताएका छन् ।

प्रेस सेन्टर नेपाल कास्कीले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाटमा संचारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्डले बाम गठवन्धनको प्रश्तावकनै आफु रहेकोले चुनाव पछि काँग्रेससँग मिलेर प्रधानमन्त्री वन्ने कुरा भ्रम मात्र रहेको भनाई राखे । पछिल्लो समय केही संचारमाध्यमहरुमा निर्वाचनपछि प्रचण्डले एमालेसँगको सहकार्य तोडेर काँग्रेससँग मिल्ने भित्रि तयारी गरेको समाचार आएका थिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता प्रचण्डले अव तोकिएको मितिमै चुनाव सम्पन्न हुनेमा कुनै शंका गर्ने ठाउँ समेत नरहेको र चुनाव समयमै हुने धारणा राखे । अवको निर्वाचनवाट देशले ५ वर्षसम्म वहुमतको सरकार पाउने भनाई प्रचण्डको छ । “वामपन्थी गठवन्धन वा लोकतान्त्रिक गठवन्धन जसले जितृे पनि अवको ५ वर्षको लागि वहुमतको सरकार वन्छ”, प्रचण्डे भने“ वहुमतको निर्वाचित सरकार वनेपछि देशमा तिर्व गतिमा विकास हुन्छ ”। वामपन्धी गठवन्धनको प्रतिनिधिसभा र प्रदेश सभाको ९० प्रतिशत क्षेत्रमा सिट वाँडफाँड सफलता पुर्वक सम्पन्न भएको र वाँकीमा पनि शुक्रवार वेलुका वा शनिवार विहान सम्म टुँगिने भनाई प्रचण्डको छ ।

शुक्रवारनै अध्यक्ष प्रचण्डले कार्यकर्ता भेटघाटमा वोल्दै वाम गठवन्धनका उम्मेदवारहरुलाई जिताउने गरि लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । “एमाले÷माओवादी केही दिनका लागि मात्र हुन् । गठवन्धनको उम्मेदवार जुनसुकै दलका जो उम्मेदवार भएपनि निर्वाचनमा जिताउन लाग्नुहोस्”,। प्रचण्डले भने । नेता प्रचण्डले एक्ला एक्लै भन्दा पनि वामपन्धी एकतावाट मात्र समाजवादको यात्रामा पुगिने भएकोले मात्र माओवादी वामपन्थी एकतामा गएको भनाई राखे । प्रचण्डले लेखनाथ साना शहरी खानेपानी आयोजनाको कार्यक्रमलाई समेत सम्वोधन गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४     7:00:25 PM

Tara Chapagain

See all posts by