दुलेगौडामा बस दुर्घटना १ को मृत्यु, ११ घाईते

कार्तिक १०, दुलेगौडा  –

आज तनहुको शुक्लागण्डकी ४ दुलेगौडामा पोखरा देखी दमौली तर्फ जादै गरेको ना ४ ख ४९४५ न को यात्रुबाहाक बस अनियन्त्रीत भई पल्टीदा एक जना बालिकाको मृत्यु भएको छ । ११ जना घाईते भएका छन् । मृत्यु हुनेमा कास्की माछापुच्छर्«े घर भई हाल पोखरा दिप बस्ने ८ बर्षिया पृया गुरुङ्ग रहेको ईलाका प्रहरी कार्यलय बेलचौताराले जानकारी दिएको छ ।

घाईते हरु मध्य तनहु म्याग्दे गाउपालीका २ निवासी भुवन श्रेष्ठको पोखरा स्थित जिएमसी आस्पतालमा उपचार भइ रहेको र बाकी १० जनाको अबस्था सामान्य रहेकाले जि पि कोईराला श्वास प्रश्वास अस्पताल शुक्लागण्डकी झरौटामा उपचार भैरेहेको प्रहरीले बताएको छ । हाल बसका चालक ईलाका प्रहरी कार्यलय बेलचौताराको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यलय बेलचौताराले जानकारी दिएको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४     6:28:35 PM

Tara Chapagain

See all posts by