धादिङको खानीखोलामा ट्रिपर र मोटरसाइकल ठोक्किए, २ को मृत्यु

१० कात्तिक,

धादिङको धुनीबेसी नगरपालिका–९ स्थित खानीखोलामा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

धादिङको जुँगेखोलाबाट काठमाडौंतर्फ गइरहेको ट्रिपर र काठमाडौंबाट नौबिसेतर्फ गइरहेकाे बा८२प ७७९७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।

 

दुर्घटनामा ज्यान गुमाएकाकाे सनाखत हुन नसकेको खानीखोला प्रहरीले जनाएको छ ।

बिहान ८ः३० बजे भएको दुर्घटनाको कारण नखुलेको र यसबारे थप अुसन्धान भइरहेको खानीखोला प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४     10:30:05 AM

Tara Chapagain

See all posts by