पोखरामा सुजुकी मोटरसाइकल शोरुमको सुभारभ्भ

पोखरा, ९ कार्तिक:
नेपालका लागि आधिकारी आयाकर्ता भिजी अटोमोवाइल्सको पोखरा क्षेत्रको आधिकारी विक्रेता हिमालय अटो वल्डले विहिबार पोखरामा एक कार्यक्रमको आयोजना नयाँ शोरुमको शुभारभ्भ गरेको छ । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिश्व शंकर पालिखे नया शोरुमको शुभारभ्भ गरेका थिए । उक्त उद्घाटनमा बोल्दै अध्यक्ष पालिखेले सुजुकी मोटरसाइकल तथा स्कुकटरको नया तथा पुरानो उपभोक्ताहरुलाई विक्रि र विक्रि पछिको सेवालाई चुस्त दुरुस्त राख्नेमा शोरुमले ध्यान दिनेमा आफु आशा बादी रहेको बताए ।

उलने सुजुकी ब्राण्डका दुइ पाग्रे सवारी साधन जापानिज र मजबुत रहेको र लामो तथा छोटो दुरीमा आरामदायी यात्रामा सफल रहेने बताएका छन । कार्यक्रममा हिमालय अर्गनाइजेशनका अध्यक्ष धुर्व थापाले स्वागत मन्तब्य राख्दै सुजुकी ब्राण्डका मोटर साइकलको बारेका प्रष्टाउदै यस ब्राण्ड विश्व विख्यात कम्पनि तथा जापानीज कोलोबेरेशन सहित ब्राण्डको विश्वसनियता हेरेर नै आफुले पोखरामा भित्राएको जानकारी दिएका छन । हाल यस ब्राण्डका सुजुकी जिक्सर १५५, हयाते ११५, लेट्स ११५, मोटो जिपी १५५ र एक्सि १२५ सिसिका मोटरसाइल तथा स्कुटरहरु उपलब्ध रहेको आयोजित पत्रकार सम्मेलनमा आधिकारी विक्रेता हिमालय अटो बल्डले जानकारी दिएको छ

प्रकाशित मितिः बिहिबार, कार्तिक ९, २०७४     1:02:31 PM

Ganesh Pahari

See all posts by