लेखनाथ पत्रकार मञ्चको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

लेखनाथ,३ कार्तिक :
लेखनाथ पत्रकार मञ्चको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ आधिवेशनले आगामी तीन वर्षै कार्यकालको लागि पुनः भीमपाणि बरालको नेतृत्वमा नयाँ कार्य समिति सर्व सम्वमत निर्वाचित गरेको छ ।
विहिवार पोखरा लेखनाथ महानगरपालिका वडा नंं २७ को तालचोकमा भएको मञ्चको साधारण भा तथा अधिवेशनले उपाध्यक्षमा कविराज खनाल, सचिवमा विष्णुहरि पौडेल, कोषाध्यक्ष सन्दीप पौडेल, सह–सचिवमा स्मीता अधिकारी, लाई निर्वाचित गरेको हो । यसैगरी सदस्यपदमा राजन परियार, महेन्द्र ढुङ्गाना, सरिता पगेनी तिमल्सेना, रामशरण नेपाली, सुमन जिसी र सचिन रानाभाट चयन भएका छन् ।

मञ्चमा अध्यक्ष भिमपाणि वरालको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनमा अध्यक्ष, सचिव र कोषाध्यक्षका प्रतिवेदन सर्वसम्मत परित भएका थिए । पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमल्सेनाले विरुवामा जल सिंचनगरी उद्घाटन गरेको सो साधारण सभा तथा अधिवेशनमा निर्वाचन मण्डलका संयोजक महेश्वर पाण्डे, सदस्य भरतप्रसाद तिवारी, सल्लाहकार राजेश घिमिरे, राष्ट्रिय समाचार समिति क्षेत्रीय कार्यालय पोखराका उप–प्रमुख बासुदेव पौडेल, नेपाल टेलिभिजनका परशुराम आचार्य, सदस्य नरेन्द्र वास्तोला लागायतले शुभकामना तथा वधाई ज्ञापनगर्दै सफल कार्यकालको कामना गरेका थिए ।

मञ्चका उपाध्यक्ष कविराज खनालले स्वागत र सचिव विष्णुहरि पौडेलले संचालन गरेको सो कार्यक्रम पश्चात नवगठित कार्य समितिको पहिलो बैठकले राजेश कुमार घिमिरे, रामप्रसाद तिमल्सेना, हरि वास्तोला, परशुराम शर्मा आचार्य, बासुदेव पौडेल, महेश्वर पाण्डे, भरतप्रसाद तिवारी र ऋषिकान्त पौडेललाई सल्लाहकार चयन गरेको छ भने दुइ मनोनित सदस्यहरुमा ज्योति हमाल र कमल गौतमलाई चयन गरेको छ ।

साधारण सभाले आफ्ना सदस्य सुरेश अधिकारी माथि केही दिन अघि पोखरामा हातपात भएको सम्वन्धमा खेद व्यक्त गर्दै आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन मञ्चले सक्रिय भुमिका निर्वाह गर्ने पनि निर्णय गरेको छ । उक्त अवसरमा दिपावलीका अवसरमा शुभकामना आदान प्रदान समेत गरेको थियो ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक ३, २०७४     6:40:51 AM

Ganesh Pahari

See all posts by