प्रदेश न ४ मा घटेका घटनाहरु:

पोखरा, ३ कातिक:

कास्की : सवारी दुर्घटना

मिति २०७४।०४।०७ गते अ.१५:३० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका-८ न्युरोड,  नगरपालिका अगाडि ना ५ ख ६९६४ नं. को ट्रकले ग ७ प १८६६ नं. को स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक नदिपुर बस्ने वर्ष-४० की रत्नमाया पुन बराल घाईते भई उपचारको लागि मेट्रोसिटि अस्पताल लगिएकोघटनास्थलमा प्रहरी टोलि खटि गई ट्रक र स्कुटर र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

 

तनहुँ : सवारी दुर्घटना

मिति २०७४।०७।२ गते अ.१४:५० बजेको समयमा तनहुँको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँट स्थित पृथ्विराजमार्ग मा दमौलि बाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १३ प ४९४८ नं. को मोटरसाईकलले पैदल यात्री सोहि ठाउ बस्ने वर्ष ५४ कि सोमि गुरुङ लाई बाटो काट्ने क्रममा ठक्कर दिदा घाईते भई छिम्केश्वरि अस्पताल आँबुखैरेनीमा सामान्य उपचार पस्चात थप उपचारको लागि पुरोनो मेडिकल कलेज भरतपुर चितवान रिफर गरिएको छ घटनास्थलमा प्रहरी टोलि खटि गई मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएको छ ।

तनहुँ : नदिले बगाई बेपत्ता

मिति २०७४।०७।०२ गते अ. १३.३० बजेको समयमा जिल्ला तनहूँ देबघाट गाउँपालिका  वडा न. ५ स्थित बेनि संगम (कालि र त्रिशुली मिसिएको  ठाउँमा )पौडिखेल्ने क्रममा जिल्ला रुपन्देहि बुटवल उप –महानगरपालिका वडा नं. १५ बस्ने अ. वर्ष २८ को राज कु. श्रेष्ठ र वर्ष ३८ को चन्द्र श्रेष्ठ लाई नदिले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी  टोलि खटि गई खोजिकार्य भईरहेको छ  ।

कास्की : झुन्डियको मृत फेला

 मिति २०७४।०७।०१ गते राती कास्कीको पोखरा लेखनाथ महानगरपालिका-१० कालिका चोक स्थित डिम ल्याण्ड होटलको संचालक श्रावण कुमार प्रधानको श्रीमाती वर्ष-५५ कि पार्बति प्रधान आफ्नो कोठामा फलामको बलोमा सलको पासो लगाई झुण्डी मृत छ  भन्ने खबर आज मिति २०७४।०७।०२ गते अ.११:१० बजे प्राप्त हुन साथ उक्त स्थानमा प्रहरी टोलि खटि गई थप अनुसन्धान गरिरहेको छ ।

बागलुङ : पटका फेला पारेको

आज मिति २०७४।०७।०२। गते अं ०८;०० बजेको समयमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरी टोलिले  बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारमा रहेका बिभिन्न पसलहरुमा चेकिङ गर्ने क्रममा बुर्तिबाङ बजारमा पसल गरी बस्ने वर्ष ४० को बिमल कुमार कुवँरको किराना पसलमा बिभिन्न  आकासबाजि फैलाउने किसिमको (more) लेखेको ८४ प्याकेट पटका, खुल्ला ५ पिस र निज बिमल कुमार कुवर समेतलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।

कास्की : सवारी दुर्घटना

मिति २०७४।०७।०२ गते अं.०९:०० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालीका-९चाईनापुलमा ना ५ ख ४१५२ नं. को बसले ना ५० प ५१६३ नं. को स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडि सवार बसपार्क बस्ने वर्ष ५७ की आइति कुमारी तामाङ घाईते भई उपचारको लागि मणिपाल अस्पताल पठाईएको छ घटनास्थलमा प्रहरी टोलि खटि गई दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

कास्की : झुणडी मृत फेला

मिति २०७४।०७।०२ गते अं. ०६:०५ बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका-१६ बाटुलेचौर स्थित संगम चोक बस्ने वर्ष ७० को हेम बहादुर सार्की आफ्नै पक्कि घरको कोठामा पंखाको रडमा प्लाष्टिकको डोरीले घाटिमा पासो लगाई झुण्डि मृत अबस्थामा छ भन्ने निजको आफन्त मार्फत खबर प्राप्त हुनासाथ तत्काल यस कार्यालयबाट प्रहरी टोलि खटि गई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

नवलपरासी : सवारी दुर्घटना १ को मृत्यु १ घाईते

मिति २०७४।०७।०२ गते अ. ०२:३० बजेको समयमा जिल्ला नवलपरासी कावासोति नगरपालिका १६ कोटटाडि स्थित पुर्व पश्चिम राजमार्गमा  टायर पन्चर भई सडक छेउमा रोकि राखेको ना ६ ख १६५३ नं.को ट्रकमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४३ प ८४०५ नं.को मोटरसाईकल पछाडि ठोकिई दुर्घटना हुदा मोटरसाईकल पछाडि सवार वर्ष २० को प्रकाश महतोको  उपचारका क्रममा मृत्यु भएको छ भने चालक मध्यविन्दु नगरपालिका ६ बस्ने वर्ष २१ को अनिल महतोको सामुदायिक अस्पत्ताल डण्डामा सामान्य उपचार पश्चात थप  उपचारको लागि भरतपुर पठाईएको छ । घटनास्थलमा प्रहरी टोलि खटि गई ट्रक र ट्रक चालक नियन्त्रणमा लिएको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक ३, २०७४     6:32:43 AM

Ganesh Pahari

See all posts by