तिहारमा स्थानिय फूललाइ प्राथमिकता दिनु पर्छ = पुष्प ब्यवसायी गुरुङ

पोखरा १ कात्तिक,

तिहार नजिकिदै गर्दा पोखरामा फुलको माग पनि बढ्ने गर्छ ,फुलको माग बढि हुने हुदा स्थानिय उत्पादनले अपुग हुने. भएपछि बाहिरबाट आयत गर्नुपर्ने हुन्छ तर पोखरा १७ ड्याम साइड मा बिगत १० वर्ष देखि पुष्प ब्यावसाय गर्दैं आएका डिल बहादुर गुरुङले भारतबाट आयत हुने फुलका कारण स्थानिय उत्पादनले मुल्य नपाएको बताएका छन् , उनले भने , भारतबाट आयात भएका फुलहरु सानो् हुन्छ सस्तो पर्न जान्छ , हाम्रो लगानी र मिहीनेत बढि हुने हुनाले अलि बढि मुल्यमा बेच्नु पर्ने हुन्छ , हाम्रो फुलहरु ठुलो ,राम्रो ताजा भएपनि मानिसहरु सस्तो मुल्यको फुल किन्ने गर्छन ।

उनले थुङा प्रति गोटा ५ अलि सानो २,३ मा बेच्ने गरेको बताए त्यसैगरि एउटा मालाको् मुल्य १ सय पचाँस र अलि सानालाइ १ सय रुपैयाँसम्म मा बेच्ने गरेको बताए । उनले भने , नाफा निकाल्नको लागी यहाँ भन्दा कम मुल्यमा बेच्न मिल्दैन , ६ रोपनी जग्गामा पुष्प ब्यावसाय गर्दै आएका गुरुङले बिगत १० वर्ष देखि नै तिहारे फुल बेच्दै आएका छन् उनले गत वर्ष तिहारमा ६ लाख बराबरको फुल बिक्री गरेको सुनाए यो पालि पनि उनी ५, ६ लाखको फुल बे्च्ने सोचमा रहेको तर भारतीय फुलका कारण स्थानिय फुलले मुल्य नपाउने हो कि भन्ने चिन्ता लगीरहेको बताएका छन् ।

तिहारको माग अनुसार पोखरामा फुलको करिब ४० देखि ५० प्रतिशत रहेको र अन्य बाहिर बाट आयत गर्नु पर्ने कृषि बिकास कार्यलयका कार्यलय प्रमुख लोकेन्द्र बोहोरालेले जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष केहि उत्पादनमा बृद्धि भएका् उनले बताए ।
पोखरामा हरेक एक करोड मुल्य बराबर फुलको कारोबार हुने गरेको तर लगभग ५० प्रतिशत सम्म बाहिर बाट आउने गरेको छ तर पनि यो वर्ष केहि फुल ब्यावसाय बढ्ेकोले उत्पादन पनि बढ्न सक्ने फ्लोरिकल्चर एसोसियसनका कास्कीका अध्यक्ष दया कुमार दुवाले जानकारी दिए । शहरीकरणको विकास सँगसँगै पुष्प व्यवसायको पनि विकास भइरहेको छ । पछिल्लो समय घर, आँगन, बगैंचा, पार्क, स्कुल, कार्यालय फूलले सजाउने क्रम बढ्ीरहेको छ । मौसमी फूलका बिरुवा र घर सजावटका विरुवाको बिक्री उल्लेख्यवृद्धि हुँदै गएकाले बजारमा फुलको माग बढ्दै गइरहेको छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक १, २०७४     9:04:08 AM

Tara Chapagain

See all posts by