सराङकोटवाट उडेका सातवटा प्याराग्लाईडिङ फेवातालमा खसेका छन् ।
एक्कासी तिर्व गतिको हावाका कारण सुरक्षित अवतरणका लागि तालमा झारिएको वताईएको छ । ग्लाइडरसहित फेवातालमा खसेका पाँचजना यात्रु र छ जना पाइलटको सकुशल उद्धार गरिएको एयर स्पोर्टस एशोसियसनका महासचिव वसन्तराज दवाडीले जानकारी दिए ।
प्याराग्लाइडर तालमा खसेलगत्तै त्यहाँ तैनाथ उद्धार डुंगाहरुले तत्कालै उद्धार गरेकाले कुनै मानवीय क्षति नभएको उनले जनाए । जलारी समूह तथा डुंगाहरुले पाइलटको सकुशल उद्धार गरेका थिए ।