पत्रकार सुरेश राज अधिकारी माथी हातपात.

पोखरा २९  असोज:

पोखरामा पत्रकार माथी हातपात भएको छ। पत्रकारले समाचार लेख्दा एकपक्षीय ढङ्गले बाढी पिडितलाई सुकुम्बासी भन्दै अनाधिकृत भनी समाचार सम्प्रेशन गरेको भन्दै महानगरपालिका घेराउ गर्न पुगेका पिडित पक्षका आक्रोसित भिडले समाधान राष्ट्रिय दैनिकका सवाददाता सुरेश राज अधिकारी माथी हातपात गरिएको हो।

गत २८ गते “पोले महानगरपालिका-१५ का अनाधिकृत ३८ घर टहरा भत्काइयो” भन्ने समाचारको शिर्षकलाई लिएर भिडले अधिकारी माथी हातपात गरेका हुन। घटना घटेको भोली पल्ट पत्रकारद्दय आश तमु र रमाकान्त वास्तोला घटनास्थलमा रिपोर्टिङमा जाने क्रममा पिडितहरुले पत्रकार भन्दैमा कुरा नबुजी केही लेख्न पाइदैन् भन्दै आक्रोश पोखेका थिय।सहि सत्य र तत्थ हामी प्रकाशन गर्छौ भने पछी मात्र पिडितहरु शान्त भएका थिय।

उचित बासस्थान अन्तर्गत भएको निर्णय बमोजिम व्यक्तिबिशेषको नाममा दर्ता नहुने भन्दै अन्तिम निर्णय भई हजारौं घरवार बिहिन हुदाँ तत्कालिन श्री ५ को सरकार देखि पिडित परिवारहरुलाई उचित बासस्थान अन्तर्गत पोखरा महानगरपालिका १५ को मजुवा स्थित आबश्यक कागजात दिएर सुरक्षित राखिएको थियो ।

यस्तै बाढीपिडित परिवारको घरवास उठिबास गराउने निर्णय वार्डको साथ केहि भू-माफियाहरुको आडमा गरिएको हुदाँ उक्त कार्य अमानविय सोचका साथ गरिएको, भन्दै पिडितहरुले पोलेनपा मा उक्त निर्णय बदर गरि वास्तविक पिडित र अबैध रुपमा अतिक्रमण गर्नेबीच छानबिन गरियोस भनि निवेदन समेत दिएका थिए ।

सरकारले बाढीपहिराे पीडित भनेर उपलव्ध गराएकाे पाेखरा १५ मजुवा बस्तीमा बनाएका घर टहरालाई पोखरा लेखनाथ महानगरपालिकाले डाेजर लगाई भत्काएका कारण अाक्राेशित बाढीपहिराे पीडितहरू महानगर कार्यालय अघि धर्ना दिँदै । पिडितहरुले आफुले राज्यलाई तिर्ने कर समेत तिरेर बसिरहेको बताउँछन् । सार्बजनिक जग्गा अतिक्रमण गरेर बसेका भू-माफियाका कुरा सुनेर प्रशासनले डोजर लगाईनु निन्दनीय भएको उनीहरु बताउँछंन् । यस्तै अस्थाई घर टहरा बनाई बसोबास गर्न पाउने अधिकार अनुरुप बसोबास गर्दा केहि ब्यक्त्तिहरुले दिएको गलत निवेदन लाई साँची मानि उचित छानबिन बिनानै बस्ति उजाडिनु र अनाधिकृत रुपमा जग्गा बेचबिखन गर्नेहरुलाइ उन्मुक्त्ति दिनु गलत रहेको पिडितहरु बताउँछंन् ।

घर टहरा प्रशासन लगाएर अमानबिय तरिकाले हटाएपछी उनीहरु अहिने चिल्लीबिल्ली बनेका छन् । पिडित मध्ये एकले भने “हामि असहाय पिडित परिवारको दोष के हो ? हामीले आफुलाई राज्यले पुनर्वास गराएको ठाउँमा बसोबास गर्न नपाउने ? के हामि नागरीकको कुनै मुल्यांकन छैन ? छ भने नागरीकको जिउन पाउने अधिकार किन खोसियो ?”

पो ले न पा ले उक्त घर टहरा माथि डोजर लगाउँदा करिब ३ करोड बराबरको क्षेति समेत भएको पिडितहरु मध्यकै एक पिडित रामकाजी गुरुङले बताए । प्रहरी प्रशासनको घेराउमा महिला माथि समेत हातपात गरि घर देखि थुत्ने जस्ता क्रियाकालाप गरि घरको सामान समेत बाहिर निकाल्न नदिइएको उनीहरु बताउँछन । आँखा अगाडी नै आफ्नो घर उजाडियो अहिले पो हामि वास्तविक सुकुम्बासी जस्तो भएका छौँ पिडित रामकाजिले भने । पिडितहरुले सत्य तत्थ्य छानबिन गरि घटनाबाट भएको क्षेतिपूर्ति सहित वास्तविक पिडित र जालीहरु पहिचान गर्न सरकार समक्ष अपिल समेत गरेका छन् ।

प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४     5:14:10 PM

Ganesh Pahari

See all posts by