पोखराको मुख्य चोकहरुमा स्मार्ट ट्राफिक आइल्याण्ड

पोखरा २४ असोज ,

पोखराको मुख्य चोकहरुमा निर्माण गरिएको ट्राफिक आइल्याण्को एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । समृद्ध पोखराको स्मार्ट सिटीको अवधारणा अनुसार निर्माण गरिएको आइल्याण्डको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले उद्घाटन गरे ।

 

उद्घाटन गर्दै मेयर मान बहादुर जिसीले समृद्ध पोखराको बिकास संगै स्मार्ट सिटीको अवधारणा अनुसार मुख्य चोकहरुमा निर्माण सम्पन्न भएको ट्राफिक आइल्याण्डले पोखराको ट्राफिक ब्यवस्थापनलाई सहज बनाइ शहरको शोभा बढाउने वताए । मुख्य चोकहरुमा निर्माण सम्पन्न भएको आइल्याण्डले सडकमा ड्युटी गर्ने ट्राफिकहरुलाई समेत ड्युटी गर्न समेत सहज बन्ने मेयरको भनाइ रहेको थियो ।

चार नम्बर प्रदेशका प्रहरी नायव महानिरीक्षक पुष्प चन्द्र रञ्जितले पर्यटकीय शहर पोखराको मुख्य चोकहरुमा निर्माण भइरहेको ट्राफिक आइल्याण्डले सडकमा ड्युटिमा खटिने ट्राफिक प्रहरीलाई आफ्नो ड्युटि गर्न सहज हुने बताउदै आगामी दिनमा सम्पुर्ण चोकहरुमा पनि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

पोखराको मुख्य चोकहरु बुद्धचोक, लखनचोक, सभागृहचोक, सिर्जनाचोक, महेन्द्रपुल, हल्लनचोक, सहिदचोक, रानीपौवा चोक, गणेशमान चोक तेर्सापट्टि चोकमा फिस्टेल होल्डिङ प्रालिको लगानीमा ट्राफिक आइल्याण्डहरु राखिएको र अन्य मुख्यचोकहरुमा पनि आवश्यक्ता अनुसार आइल्याण्ड निर्माण गरिने सार्वजनिक निजी साझेदारी परियोजनाका फोकल पर्सन ईन्जीनिर सुरेन्द्र पौडेलले जानकारी दिए ।
फिस्टेल होल्डिङ प्रालिका अध्यक्ष असिम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, जिल्ला प्रहरी कार्यालय प्रमुख एस पि अशोक सिंह, जिल्ला ट्राफिक प्रहरी प्रमुख विश्वराज अधिकारी, उद्योगी ब्यवशायी, समाजसेवी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, अशोज २४, २०७४     3:19:37 PM

Tara Chapagain

See all posts by