लायन अनन्तरामले तोडे विश्व रेकर्ड, लगातार ८० घण्टा प्रवचन

पोखरा, २३ असोज ,

नुवाकोट चिसापानीका अनन्तराम केसीले विश्व रेकर्ड तोड्न सफल भएका छन् । लगातार ८० घण्टा ४ मिनेटसम्म भाषण गरेर केसीले नयाँ कीर्तिमान राख्न सफल भएका हुन् । यसअघि भारतको गुजरातस्थित सुरतका अश्विन सुडानीले लगातार ७५ घण्टा ३२ मिनेटको भाषण गरेर राखेको रेकर्डलाई केसीले तोड्न सफल भएका हुन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको वार्षिक कार्यक्रम अन्तर्गत नै उक्त कार्यक्रम आयोजना गरिएको हो । मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजनामा भएको कार्यक्रममा केसीले अनबरत रुपमा भाषण गरेका हुन् । उनी लायन्स क्लब अफ काठमाडौं सनसाइनका सचिव हुन् ।

केसीले राखेको नयाँ रेकर्डले नेपाल र नेपालको लायन्सलाई संसारभर चिनाउन योगदान पुर्‍याएको डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य बताउँछन् । डिष्ट्रिक्टको वार्षिक कार्यक्रम अन्तर्गत केसीको नयाँ कीर्तिमानी प्रवचन महत्वपूर्ण उपलब्धी रहेको उनले बताए । केसीले प्रत्येक घण्टामा ५ मिनेट बिश्राम लिँदै विभिन्न विषयमा प्रवचन दिएका थिए ।

 

प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४     5:19:19 PM

Tara Chapagain

See all posts by