मनाङ जीप दुर्घटनाका १० घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

लमजुङ, असोज २३ ,

मनाङमा जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । दुर्घटनामा घाइते ८ जना इजरायली पर्यटक र दुईजना नेपालीलाई हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।

हेली एभरेष्ट, एयर डाईनाष्टिक सिम्रिक एयर गरी तीनवटा हेलिकप्टरबाट मनाङको ताल र लमजुङ अस्पतालमा उपचाररत घाइतेलाई काठमाडौं लगिएको हो ।

आइतबार बेलुका भएको दुर्घटनामा एकजना इजरायली पर्यटकको ज्यान गएको थियो । २६ वर्षे इजरायली पर्यटक एवियाजर बेरिडको ज्यान गएको हो ।

प्रहरीका अनुसार पोष्टमार्टमका लागि राति नै काठमाडौंतर्फ लगिएको बेरिडको शव पनि धादिङबाट हेलिकप्टरमा काठमाडाैं लगिएको थियो ।

लमजुङबाट मनाङका लागि छटेको ग १ ज ६०३४ नम्बरको जीप नासोङ गाउँपालिका अन्तर्गत ताल भन्ने ठाँउमा दुर्घटना भएको हो । जीपमा चालकसहित १२ जना थिए । उज्यालोअनलाइन बाट

प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४     1:45:04 PM

Tara Chapagain

See all posts by