अर्घाखाँचीमा बस दुर्घटना, २ को मृत्यु

२० असोज,अर्घाखाँची,

जिल्लाकाे डाँडाकटेरीबाट बुटवलतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार बिहान दुर्घटनामा परेको छ । लु १ ख ७५१८ नम्बरको बस मालारानी गाउँपालिका–३ सावडाँडामा सडकबाट २ सय मिटर तल खस्दा २ जनाको ज्यान गएको छ भने २ दर्जन बढी घाइते भएका छन् ।दुर्घटना बिहान ८ः३० बजे भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दुर्घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै इन्स्पेक्टर रञ्जनबहादुर स्वाँर नेतृत्वको टोली घटनास्थलतर्फ लागेको छ । घटनास्थलमा खटिएका प्रहरी अधिकारीसँग सम्पर्क हुन नसकेकाले दुर्घटनाको विवरण आउनमा ढिलाइ भएको प्रहरीले जनाएको छ ।

 काठमाडौंबाट हेलिकोप्टर आउँदै

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले घाइतेको यकिन विवरण आइनसकेको बताउँदै गम्भीर घाइतेको उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर मगाइएको जानकारी दिए । ‘घाइतेहरुको उद्धार कार्य जारी रहेकाले यकिन विवरण आउन सकेको छैन’, प्रजिअ भुसालले भने, ‘केही घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्क ल्याइसकिएको छ भने केहीलाई बुटबल रिफर गरिएको छ । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको छ ।’

 

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     11:39:38 AM

Tara Chapagain

See all posts by