पर्यटन दिवसमा रेवानले मिनि स्ट्रिट फेस्टिवल हुने

पोखरा, ९ असोज

पर्यटन दिवसको अवसरमा रेवान पोखराले मिनि स्ट्रिट फेष्टिबल आयोजना गर्ने भएकोछ । रेवान पोखराद्वारा सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा फिस्टेल गेट देखि बाराही चोक सम्म साँझ ५ बजेदेखि राति ११ बजेसम्म मिनि स्ट्रिट फेष्टिबल आयोजना गर्न लागिएको जानकारी दिइयो ।

महोत्सवमा लाइभ ब्याण्ड, विभिन्न कलाकारहरुद्वारा साँस्कृतीक कार्यक्रम तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु मुख्य आकर्षणका रुपमा रहने महोत्सवका संयोजक भिमसेन भुजेलले बताए । पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्ग, उपाध्यक्ष लक्ष्मण बराल, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरत पराजुली, पत्रकार रमेश पौडेल लगायतले विश्व पर्यटन दिवसको महत्वका बारेमा आ–आफ्नों भनाई राखेका थिए ।

यसैविच टान पोखराले मंगलबार पर्यटकहरुलाई पोखरा लेखनाथ महानगरपालिकाका ८ वटै तालहरुको भ्रमण गराउने उपाध्यक्ष हरि भुजेलले जानकारी दिएका छन् । त्यसैगरि दिवसकै दिन पोखरा पर्यटन परिषद्, नाट्टा लगायतका संस्थाहरुले पोखरा विमानस्थल र पोखरा पर्यटन बसपार्कमा पर्यटकहरुको स्वागत गर्ने भएका छन् ।

प्रकाशित मितिः सोमवार, अशोज ९, २०७४     8:44:07 PM

Tara Chapagain

See all posts by