पोखरा ८ असोज,
पृथ्वीचोकमा रहेको वास्तोला कम्प्लेक्समा भएको दशैँ मेलामा २ करोड रुपैयाँ वरावरको कारोवार गर्दै मेला सकिएको छ ।
असोज ३ गतेदेखी ८ गतेसम्म विविध मनोरञ्जनात्मक कार्यक्रमहरु सहित आयोजना भएको मेलामा ५१ हजार दर्शकले अवलोकन गरेको कम्प्लेक्सका संचालक तथा कार्यक्रम संयोजक उमराज वास्तोलाले जानकारी दिए । राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुवाट लोकदोहोरी तथा हास्यव्ङ्ग सहितको प्रस्तुती मेलामा रहेको थियो ।
नुनदेखी सुन सम्म, जिरा देखी हिरासम्म भन्ने नाराका साथ १ वर्षअघि व्यवसाय सुरु भएको कम्प्लेक्सको प्रवद्र्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको वास्तोलाको भनाई छ । यसअघि पनि कम्प्लेक्सको प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्दै आएको छ । कम्प्लेक्समा विभिन्न व्यवसायका ३ सय ५० भन्दा वढि व्यवसायिक स्टलहरु रहेका छन् ।
कार्यक्रममा कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पुशपति शर्मा, रामजी खाँड, चोलेन्द्र पौडेल, कृष्ण देवकोटा,कृष्ण गुरुङ र पार्वती जिसी लगायतले प्रस्तुती राखेका थिए ।