पहिलो पटक पोखरामा आधुनिक चुरा बनाउने तालिम

पोखरा ८असोज,
समृद्ध शहरकालागि महिलाहरु आत्मनिर्भर भएर अघि बढ्नु पर्ने महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जिसीले बताउनु भएको छ ।


स्वस्तिक हस्तकला उद्योगको आयोजना र गुरुङ्ग ब्यूटि एकेडेमिको संयोजनमा संचालित ३ दिने आधुनिक चुरा बनाउने तालिमको समापन समारोहमा जिसीले महिलाहरुले आर्थिक शक्ति आर्जन गर्न सिप मुलक तालिममा जोड दिनु पर्ने बताउनु भएको हो । सिपलाई अर्थमा रुपान्तरण गर्दै आर्थिक समृद्धि हासिल गर्न सके मात्र महिला माथिको हिंसामा कमि आउने उहाँको धारणा थियो ।


घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य सौन्दर्यविद् चिनु गुरुङ्गले बुटबल घुम्ने शिलशिलामा चुरा उद्योगको अवलोकनले पोखरामा पनि तालिम संचालन गर्ने प्रेरित गरेको बताउनु भयो । वर्षेनी करोडौको चुरा भारतबाट आयात हुँदा ठूलो धनराशी विदेशीएको भन्दै अब स्थानिय तहमा नै आधुनिक चुरा तयार गरेर उद्योगको रुपमा स्थापना गर्न सकिने बताउनु भयो ।


पोखरा उद्योग बाणिज्य संघका कार्यसमिती सदस्य गिता तिवारीले आधुनिक चुराको बजार राम्रो रहेकाले घरमै बसि बसि फुर्सदको समयबाट पनि महिला दिदि बहिनी उद्यमी बन्न सकिने धारणा राख्नु भयो । घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं ४ का संयोजक एवं प्रशिक्षक शान्ति शर्माले १ हजारको लगानिले ४ हजार सम्मको चुरा तयार गर्न सकिने भएकाले सिपको सदुपयोग गरेर काम गर्न सके मासिक ५० हजार सम्म कमाइ गर्न सकिने बताउनु भयो । कार्यक्रममा ब्यूटि सिटि अफ पोखराका अध्यक्ष सिता के.सी, संचारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्मा र सहभागि राधा लगायतले आफ्नो भनाइ राखेका थिए ।
१५ जना महिलाको सहभागिता रहेको सो कार्यक्रममा स्वस्तिक हस्ताकला उद्योगका संचालक महिला उद्यमी सिता गुरुङ्ग अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहभागि विना गुरुगंले गनुभएको थियो ।

 

प्रकाशित मितिः आइतवार, अशोज ८, २०७४     10:19:48 PM

Tara Chapagain

See all posts by