विन्दवासिनी सहकारीको छैठौं साधारण सभा सम्पन्न

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको विन्दवासिनी वचत तथा ऋण सहकारी संस्थाको छैठौं साधारण सभा शनिबार सम्पन्न भयो ।
साधारण सभाको उद्घाटन नेपाल वचत तथा ऋण सहकारी संघका केन्द्रिय अध्यक्ष भिमबहादुर गुरुङले गरेका थिए ।
सो अवसरमा जेष्ठ नागरिक सम्मानबाट संस्थाका सचिव गंगाधर सुवेदीका बुबा ९३ वर्षिय नन्दलाल सुवेदी र आमा देवकी सुवेदीलाई, जेष्ठ सदस्य चतुरमान श्रेष्ठ, उत्कृष्ट कर्मचारी सरला जिसी, उत्कृष्ठ वचतकर्ता डोलराज वास्तोला र शेयर सदस्यका एसईई उत्तिर्ण छोराछोरी सकिन कपाली र रोशन ढकाललाई सम्मानपत्रद्धारा सम्मान गरिएको थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखराका केदारनाथ उप्रेती, जिल्ला सहकारी संघका संचालक धर्मराज अर्याल लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
सभाले अध्यक्ष सुवर्णमान नकर्मीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।
संस्थाका अध्यक्ष सुवर्णमान नकर्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पार्वती वरालले र संचालन सचिव गंगाधर सुवेदीले गरेका थिए ।

 

प्रकाशित मितिः शनिबार, अशोज ७, २०७४     8:46:45 PM

Tara Chapagain

See all posts by