पहिलो ‘नेपाल आइडल’ बुद्ध लामालाई साढे ४ करोड भोट,

पोखरा ७ असोज ,

पहिलो नेपाल आइडल घोषित बुद्ध लामाले नेपाल आइडलको विजेता छनोटका लागि प्राप्त कुल भोटको ५० प्रतिशत भन्दा बढी मत आफ्ना् पक्षमा पारेका छन् ।

शुक्रवार कतारको दोहामा भएको फाइनलमा पहिलो नेपाल आइडल घोषित लामाले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गरेको आयोजकले जनाएको छ । फाइनलमा पुगेका तीन प्रतिश्पर्धी मध्येबाट विजेता छनोटका लागि कुल ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो।

बुद्धले प्रतिश्पर्धी निशानको भन्दा झण्डै एक करोड बढी भोट प्राप्त गरेका हुन् । उनले निशानलाई ९७ लाख ५९ हजार ४० मतले पछि पार्दै पहिलो नेपाल आइडलको उपाधि हत्याए ।

नेपाल आइडलको फाइनलमा प्राप्त कुल मत : ९,३१,८३,३३५
बुद्ध लामा : ४,४८,४५,२६३
निशान भट्टराई : ३,५०,८६,२२३
प्रताप दास : १,३२,५१,८४९
(बुद्धले निशानलाई ९७,५९,०४० मतले पछि परे । )

दोस्रो भएका निशान भट्टराईले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरेको र तेस्रो हुने प्रताप दासले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएको आयोजकले जनाएको छ ।

उपाधि विजेता लामाले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्। बुद्धलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे।

निशान र प्रताप क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए। फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पारे।

प्रकाशित मितिः शनिबार, अशोज ७, २०७४     7:08:47 AM

Tara Chapagain

See all posts by