पोखरा ६ असोज ,
बढ्दो सवारी साधनका कारण पोखरा नगर क्षेत्रमा ट्राफिक जामको समस्या बढ्दै गएका बेला सरोकारवालाको बैंठकले केहि महत्वपूर्ण निर्णय गरेको छ । यातायात ब्यवस्थापन समितिको बैंठकले पोखरा नगर क्षेत्रको ट्राफिक ब्यवस्थापनमा सुधार आउने विश्वासका साथ असोज २० गतेदेखि लागू हुने गरी यी निर्णयहरु गरेको हो ।
यातायात ब्यवस्थापन समितिले निश्चित समय निर्धारण गरी पोखरा नगर क्षेत्रका भित्रि सडकमा ठूला मालबहाक सवारी सञ्चालनमा रोक लगाउने, राजमार्ग क्षेत्रमा लोड अनलोड गर्न नदिने, ट्याक्टर निषेध गर्ने तथा नीजि मोटरसाईकल भाडामा लगाउन नपाइने निर्णय गरेको हो ।
यातायात ब्यवस्थापन समितिले गरेको निर्णय यस्ता छन् :
निर्णय नं. १ – हेभी मालबाहक सवारी साधनहरुलाई राजमार्गहरुमा चल्न दिने तर लोड अनलोड गर्न नदिने र अन्य भित्री सडकहरुमा बिहान ८ बजे देखी बेलुका ६ बजे सम्म पोखराको निम्न स्थानहरुमा प्रबेश निषेध गराउने ।
– सिदार्थचोक, महेन्द्रपुल तथा न्युरोड ।
– औद्योगिक क्षेत्र देखी बिरेन्द्रचोक, पेन्सन क्याम्प हुदै बुद्दचोक सम्म ।
– अम्मरसिंहचोक देखी हष्पिटलचोक, रानिपौवा हुदै महेन्द्रपुल सम्म ।
– के आई सिं पुल देखी पि.एन.क्याम्पस, नदिपुर हुदै पालिखेचोक सम्म ।
– पालिखेचोक देखी महेन्द्रपुल, नँयाबजार हुदै पृथ्बीचोक सम्म ।
– जिल्ला शिक्षा कार्यालय देखी ट्याक्सीचोक, बिन्दबासिनी, भैरवटोल, नालाको मुख, सिदार्थचोक हुदै सिर्जनाचोक सम्म ।
– सिर्जनाचोक देखी रत्नचोक, राष्ट्रबैङ चोक हुदै बिरौटा सम्म ।
र उल्लेखित सडकहरुसँग जोडिने भित्री सडकहरु ।
निर्णय नं. २ – हलुका मालबाहक सवारी साधनहरुलाई राजमार्गहरुमा चल्न दिने तर लोड अनलोड गर्न नदिने र अन्य भित्री सडकहरुमा बिहान ८ बजे देखी ११ बजे सम्म र बेलुका ३ बजे देखी ६ बजे सम्म निर्णय नं.१ मा उल्लेखित स्थानहरुमा प्रबेश निषेध गराउने ।
निर्णय नं. ३ – हाते ट्याक्टर (पावर टेलर) हरुलाई बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म निर्णय नं. १ मा उल्लेखित स्थानहरु तथा राजमार्गको अम्मरसिंहचोक देखी पृथ्बीचोक, पृथ्बीचोक देखी बिरौटाचोक र पृथ्बीचोक देखी सृजनाचोक जिरो हुदै हरिचोक र लेकसाईड एरियाहरुमा प्रबेश निषेध गराउने ।
निर्णय नं. ४ – ठुलो ट्याक्टरलाई बिहान ७ बजे देखी बेलुका ६ बजे सम्म निर्णय नं. १ मा उल्लेखित स्थानहरुमा प्रबेश निषेध गराउने ।
निर्णय नं. ७ – चाडपर्वको समयमा बढि भाडा असुली गर्ने सार्वजनिक सवारीलाई अनुगमन गरी आवश्यक कारबाही गर्ने अधिकारी जिल्ला प्रहरी कार्यालयलाई प्रत्यायोजित गर्ने ।
निर्णय नं. ८ – सडकमा चल्ने कुनै पनि मोटर साईकलले ८० डसिवल भन्दा बढी आवाज निकाल्न नपाउने ।
निर्णय नं. ९ – रातो प्लेटका मोटर साईकलहरु भाडामा लगाउने कार्य निषेध गर्ने, यदी भाडामा लगाएको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने ।