शुल्क वृद्धि को विरोधमा पृथ्वीनारायण क्यामपसमा क्रान्तिकारीको ताला

पोखरा ६ असोज,

पोखरा प्रदेश न ४ कै ठूलो विश्वविद्यालय पृथ्वीनारायण क्यामपस पोखरामा विप्लव नेतृत्व को अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्यामपस जिल्ला समितिले शुल्क वृद्धिको विरोधमा लेखा शाखामा तालाबन्दी गरेका छन।

तालाबन्दी पछी प्रेश वक्तव्य जारी गर्दै जिल्ला अध्यक्ष शिव क्षेत्रीले हजारौं गरीव किसान मजदुर श्रमजिवी र मध्यम वर्गका छोराछोरीले अध्ययन गर्ने यस पृथ्वीनारायण क्यामपसको बि बि ए पोगा्रम  मा नयाँ भर्नाको लागि साविकको पुरै सेमेस्टरको शुल्क २ लाख ५० हजारवाट विना औचित्य विना प्रपोजल र आधार हचुवाको भरमा साविकको शुल्कमा झण्डै १ लाख वढाउन खोजिएकोले अनिश्चित कालिन लेखा शाखामा हाम्रो सङगठन अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्यामपस जिल्ला समितिले तालाबन्दी गरिएको जनाएका छन। केही दिन अघि क्रान्तिकारीले क्याम्पस प्रशासनले लाएको 2 लाख ५० हजार वाट समय सापेक्ष भन्दै ३ लाख ५० हजार बि बि ए को शुल्कलाई अस्विकार गरि बैज्ञानिक शुल्क निर्धारण गर्न माग गर्दै आएका थिय।पटक पटक वार्ता बस्दा क्यामपसले बिना प्रपोजल शुल्क वृद्धिको प्रस्ताव लाएको हुनाले स्विकार्य नहुने क्षेत्रीले बताए।

प्रकाशित मितिः शुक्रबार, अशोज ६, २०७४     2:12:44 PM

Tara Chapagain

See all posts by