सिम्पानी सेभेन ए साइड फूटबल असोज २३ बाट

पोखरा, ४ असोज:

 पोखरालेखनाथ महानगरपालिक वडा न १मा रहेको त्रिशक्ति समाज सेवा क्लबले सिम्पानी सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । स्वास्थ्य र विकासका लागि खेलकुद भन्ने मूल मन्त्रका साथ पाचौ सस्करण सिम्पानी सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने लागिएको क्लवले जानकारी दिएको छ । यहि आउँदो असोज २३ गते बाट सुरु हुने प्रतियोगित २८ गते सम्म संचालनमा रहने, क्लबले पोखरामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।

६ दिन सम्म संचालनमा रहने प्रगियोगितामा स्थानिय र राष्ट्रिय गरि करिब ३० देखी ३५ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएका छन । पोखरा बगर १ स्थित टुँडीखेल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २ लाख, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ, भने उपबिजेता टिमले नगद १ लाख, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । अनुशासित टिम, सर्वोत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्ताका लागि नगद १० हजार, ट्रफि, मेडल र प्रमाण पत्र विधागत पुरस्कार अन्तरगत प्रदान गरिने खेलकुद संयोजक मिलन गुरुङले जनाएका छन ।  प्रतियोगिता सम्पन्न गर्नेका लागि ९ लाख ७० हजार आम्दानी हुने करिब ६ लाख ६५ हजार रुपैया खर्च लाग्ने आयोजका अनुमान रहेको छ । कार्यक्रम पश्चायत बचत रकम क्लबको भवनको मर्मत सम्भारमा खर्च गरिने अध्यक्ष आसु जि.सिले बताए ।

प्रकाशित मितिः बुधबार, अशोज ४, २०७४     6:04:19 PM

Ganesh Pahari

See all posts by