नेपाल तरुण वडा इकाई बैदामको शुभकामना आदान प्रदान

 पोखरा ३ असोज:

नेपाल तरुण दल वडा इकाई ६ बैदामले आउदै गरेको विजया दशमि तथा शुभ दिपाबलीको अबसरमा शुभकामना तथा जलपान कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । नेपालीहरु महान पर्व विजया दशमि तथा दिपाबलीको पूर्व सन्धामा देश विदेशमा रहनु हुने सहित सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिबहिनीहरुमा दिर्घायु एवंम स–ुस्वास्थ्यको कामना गर्न उक्त कार्यक्रमको आयोजना गरिएको इकाई सभापति महेन्द्र पहारीले बताएका छन ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाल ट्रेड युनियन काग्रेसका बरिष्ठ उपाध्यक्ष रामजि कुवँरले कार्यक्रममको उद्घाटन गर्दै नेपाली काग्रेसको नेतृत्व विना नेपालमा कुनै पनि काम नभएको बताउदै २०७ सालको क्रान्ति देखी ३६ सालको सताग्रह ४६ सालको जनआन्दोलन ६२÷६३ आन्दोलन र नयाँ संविधान लागु गर्ने जस्ता कार्य नेपाली काग्रेसको अगुवाइमा सफल भएको बताएका छन । मंशिरमा हुन लागेका प्रदेश र प्रतिनिधि सभाको चुनाव पनि काग्रेसको नेतृत्वको सरकारले गर्ने हुदा, नेपाली काग्रेस विना कुनै पनि योजना र महत्व पूर्ण कार्यहरु अधुरो रहने उनको दाबि रहेको छ ।

उनले देशको विकास निर्माण देखी राजनैतिक अस्थिरता समाप्त गर्नेका लागि आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काग्रेसका उम्मेदबारलाई जिताउन उपस्थित तरुणहरुलाई आग्रह गरेका छन । उक्त कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष यूवराज कुवँर, काग्रेस नेत्रि सरस्वति गुरुङ, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचन, नेपाल तरुण दलका कास्की सभापति मनोज गुरुङ, नेपाल तरुण दलका कास्की पूर्व सभापति लक्ष्मी बहादुर भट्टराई तेसै गरि क्षेत्रिय सभापति विजय आर्चाय, जिल्ला सदस्य नविन सिग्देल, तरुण दलका केन्द्रिय पार्सद शंकर ढुङाना, नेपाली काग्रेस कास्की ससचिब भरतबहादुर अधिकारी, नेपाली काग्रेस वडा इकाई सभापति बलराम गिरी, विद्यार्थि नेता विकास थापा, लक्ष्मण पहारी र दिपक विर कुवँर लगाएतका बक्ताहरुले नेपाली काग्रेसको योजना सहितको मार्गचित्र र तरुणको जोश जागर मिलाएर अघि बढेमा काग्रेसले कुनै पनि सफलता हासिल गर्ने सक्ने भन्दै आ–आफ्ना धारण राखेका थिए । इकाई सभापति महेन्द्र पहारीको सभाअध्यक्षमा सम्पन्न कार्यक्रममा तरुण क्षेत्र नं ३का क्षेत्रिय कोषाअध्यक्ष पवित्रा थापाले स्वागत मनतब्य राखेकोमा सचिब प्रकास न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

 

प्रकाशित मितिः मङ्लबार, अशोज ३, २०७४     12:35:56 PM

Ganesh Pahari

See all posts by