सहारा क्बल पोखराको अध्यक्षमा केशब थापा निर्वाचित

पोखरा, ३१ भदौ:

सहारा क्लब पोखराको १९ औं साधारणसभा तथा १० औं अधिबेशनले अध्यक्षमा केशब बहादुर थापा चयन भएका छन् । शुक्रबार पोखरामा सम्पन्न अधिबेशनले थापा आगामी ३ बर्षे कार्यकालको लागि निर्विरोध चयन भएका हुन् । उनी यसअघि क्लबको बरिष्ठ उपाध्यक्ष थिए ।

अधिवेशनबाट क्लबको बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन, महासचिवमा विश्वराज बराल, सचिव राम्जी अधिकारी, कोषाध्यक्षमा राजु लालचन र सह कोषाध्यक्ष लिल बहादुर थापा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सदस्य विनु राना मगर, रोजिना गुरुङ, ज्योती केसि, गङ्गा राज पौडेल, तिलक क्षेत्री, सन्दिप सुवदी चयन भएका छन् ।

प्रकाशित मितिः शनिबार, भदौ ३१, २०७४     5:28:02 PM

Ganesh Pahari

See all posts by