नवसिर्जना शिक्षा मेला पोखरामा हुने

पोखरा, २८ भदौ/अमेरिकीदुतावासको बुक बसको शैक्षिक मेला ‘शिक्षामानवसिर्जना मेला– २०१७’ पोखरामाहुने भएको छ । नेपाल पर्यटन बोर्ड पार्दीमा मेलाहुने कार्यक्रम निर्देशक श्यारारे वज्राचार्यले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

‘दुई दिनसम्महुने शैक्षिक मेला हरेक दिनबिहान १० देखि साँढे ४ बजे सम्म संचालनहुने छ,’ उनले भनिन्, ‘किहोतेज कोवले आयोजना गरेको मेला सृजनालय, कारखाना, वाइल्डलाइफ कन्जरभेसन नेपाल (वन्यजन्तु संरक्षण संघ नेपाल) र क्यानोपी नेपालसँगको सहकारितामाहुने छ ।’

मेलामा सबै निशुल्क आउन मिल्ने उनले बताइन् । ‘शिक्षक र अभिभावकका लागि अग्रिम दर्ता गरिनु पर्ने कार्यशालाहरुको व्यवस्था बाहेक मेलामाअन्य सर्वसाधारण पनि निशुल्क आउन सक्नु हुने छ,’ उनले भनिन्, ‘मेलामा विद्यार्थी र शिक्षक दुवै कालागि पठन पाठन शैलीअझ रोचक, अर्थपूर्ण तथा स्मरणीय बनाउने तरिकाहरुबारे छलफल तथाविचार विमर्श गर्ने कार्यक्रम समेत रहेको छ ।’

मेलामा नविन शैक्षिक पद्दतिसँग सम्बन्धि तव्यवहारिक अनुभव प्रदान गर्नुका साथै शैक्षिक संस्थाहरुलाई रचनात्मक पाठ्यक्रमको प्रयोग गर्ने सिकाइने कार्यक्रमका व्यवस्थापक भेनिसा उदासले बताइन् । ‘नविन शैक्षिक पद्दतिले विद्यार्थीहरुलाई व्यवहारिक समस्याहरु समाधान गर्नका लागि समालोचनात्मक तथा रचनात्मक ढंगमा सोच्न सिकाउँछ,’ उनले भनिन्, ‘यस्तो पद्दतिले विद्यार्थीहरुलाई जिज्ञासु बनाउँछ र नबुझिकन घोक्ने तथा रट्ने भन्दा अनुशन्धान गर्नतथा ज्ञान प्राप्तिका लागि पढ्न प्रोत्साहन गर्दछ ।’

मेलामा नेपालको शैक्षिक व्यवस्थामा रचनात्मक तथा नविन पद्दतिको प्रयोग गर्ने १५भन्दा बढी संस्था तथा व्यक्तिहरुको सहभागिता रहने निर्देशक प्रणवमान सिहले बताए । ‘सहभागी संस्था र शिक्षकतथा शैक्षिक प्रशिक्षकहरुको कार्यक्षेत्रमा रचनात्मकतथा समन्वितप्रक्रिया, आनुभविकशिक्षा, र विज्ञान, प्रविधि, इन्जिनियरिंग, कला र गणित पर्छन्,’ उनले भने, ‘त्यहीभएर यो मेलाशिक्षक, विद्यार्थी रअभिभावकको लागिनिकै महत्वपूर्ण छ ।’

मेलामाअमेरिकीदुतावासको बुक बस, किहोतेज कोव, वर्ड वारियर्स, सृजनालय, कारखाना, वन्यजन्तु संरक्षण संघ, नेपालपिक्चर लाइब्रेरी, नृत्य आँगन, ड्रइङ्ग रुम केटिएम, काठमाडौँ विश्वविध्यालयको सेन्टर फर आर्ट एंड डिजाइन र उत्कर्ष नेपालको सहभागिता रहने निर्देशकसिहले बताए ।

प्रकाशित मितिः बुधबार, भदौ २८, २०७४     1:38:26 PM

Ganesh Pahari

See all posts by