अन्तराष्ट्रियस्तरको मेकअप वर्कशप असोज १ देखी

पोखरा, २५ भदौ /पोखरामा अन्तराष्ट्रियस्तरको ‘मेकअप वर्कशप’ हुने भएको छ । अनलाइन मिडिया जक्शन डटकमले यो कार्यशालाको स्थानिय व्यवस्थापन गर्दैछ । एक हप्ता र दश दिनको गरि दुईवटा छुट्टाछुट्टै सेसनमा यो कार्यशाला हुने व्यवस्थापक कम्पनीले बताएको छ ।

प्रोफेशनल ब्यूटिशियनहरुका लागि १० दिनको विशेष प्याकेज कोर्ष छुट्टाईएको छ भने ‘बेसिक कोर्ष’ सात दिनको हुनेछ । थाइल्याण्डबाट मेकअपसम्बन्धि ‘प्रोफेशनल ग्राजुएट कोर्ष’ सकाएकी कञ्चन श्रेष्ठले यो कार्यशालामा मेकअपसम्बन्धि सिकाउनेछिन् । ‘यो विशेष खालको कार्यशाला हो । र, मेकअप सम्बन्धि अन्तराष्ट्रियस्तरको कोर्ष यो कार्यशालाको क्रममा दिईनेछ ।’ कार्यशालाको व्यवस्थापक कम्पनी जक्शन डटकमका म्यानेजर अरुण गिरीले भने–‘सौन्दर्यप्रति चासो राख्ने हरेकका लागि यो फलदायी हुनेछ ।’

अन्तराष्ट्रिय मापदण्डअनुसारको मेकअप कोर्ष लिईसकेपछि सहभागीहरु स्वरोजगार समेत बन्न सक्ने प्रशिक्षक कञ्चन श्रेष्ठले दाबी गरिन् । ‘पछिल्लो समय मेकअपलाई लिएर युवापुस्ता निकै सचेत बन्न थालेका छन् । र, यसले मानिसको व्यक्तित्वलाई पनि उठाईरहेको छ ।’ उनले भनिन्–‘यो कार्यशाला प्रोफेशनलको लागि मात्रै होईन तर सबै सौन्दर्यमा चासो राख्नेहरुको लागि हो ।’

यो कार्यशाला असोज १ देखी  १० गतेसम्म चल्ने गिरीले जानकारी दिए । यो कार्यशालामा सहभागिता जनाउनका लागि ३१ गतेसम्म आवेदन बुझाईसक्नुपर्ने व्यवस्थापकले जनाएको छ । कार्यशालामा सहभागी हुन इच्छुकहरुले न्यूरोडस्थित जक्शन डटकमको कार्यालयबाट आवेदन लिन सक्नेछन् ।

प्रकाशित मितिः आइतवार, भदौ २५, २०७४     5:07:50 PM

Ganesh Pahari

See all posts by