ईन्दे्रणी एकिकृत विकास केन्द्रको दशै महोत्सव असोज ७ देखी

पोखरा २४ भदौ ।

ईन्द्रेणी एकिकृत विकास केन्द्र पोखरा १ बगरले एतिहासिक दशैं महोत्सब गर्ने भएको छ । आउँदै गरेको विजया दशमि २०७४लाई मध्य नजर गर्दै विकास केन्द्रले असोज ७ देखी १२ गते सम्म दशै मेलाको आयोजना गर्ने लागेको हो ।

मेलालाई ब्यवस्थित गर्नेका लागि विभिन्न उपसमिति समेत गठन गरिएको पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएका छन ।  पोखरा १ बगर स्थित राष्ट्रिय उच्च मा.वि को खेलकुद मैदान अर्थात पुरानो टुडिखेलमा हुने महोत्सबमा च्याङग्रा भेडा, डोको नाम्लो , भकारी, मान्द्रो, लताकपडा तेसैगरि खाद्यान्न तथा कुटो कोदालो लगाएतका साम्राग्रिहरु विक्रि वितरणका लागि राखिनुका साथै ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुको हास्यब्यङ्घ साहित सागिंतिक कार्यक्रमहरु रहने अध्यक्ष रुपक कोइरालाले जानकारी दिए ।  ६ दिन सम्म चल्ने महोत्सवमा करिब ६ लाख रुपैया खर्च लाग्ने र १० लाख बराबरको कुल आम्दानि हुने आयोजकको अनुमान रहेको छ ।

प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४     9:08:26 PM

Tara Chapagain

See all posts by