पोखरा लेखनाथ महानगर वडा न ९ स्थित शान्ति बन मार्ग बाटोको सभापति अधिकारीद्वारा  उद्घाटन

पोखरा ,जेठ २४
पोखरा लेखनाथ महानगर वडा न ९ स्थित शान्ति बन मार्ग बाटोको ब्यस्थापिका संसदको बिकास समितिका   सभापति रबिन्द्र अधिकारीले शनिबार एक समारोहका बीच पोखरामा  उद्घाटन गरे । उद्घाटन  गर्दै अधिकारीले  आफुले छुट्ट्याएको रकम भन्दा तेब्बर बढी रकम स्थानीय तह र जनसहभागितामा निर्माण कार्य सम्पन्न  हुनुले आफु अत्यन्तै खुशी भएको भन्दै   अब  पोखरा लेखनाथ   महानगरमा आबश्यक पूर्वाधार खडा गर्न   स्थानीय जनप्रतिनिधि लागि पर्न आग्रह गरे  ।
 पूर्वाधार बिना स्मार्ट सिटीको अबधारणा पुरा नहुने भन्दै अब सबैको अर्जुन दृस्टी बिकासमा केन्द्रित हुनु पर्ने उनको भनाइ थियो।  उनले अब प्रदेस २को निर्बाचन संगै हुने संघिय संसद र प्रदेश को निर्बाचन पछी संबिधान कार्यान्बयांको एउटा चरण पुरा हुने र त्यसपछि प्राप्त हुने राजनैतिक स्थायित्वमा मात्रै विकासले गति लिने उनको बिस्वास थियो ।
उक्त कार्यक्रममा कास्की जिल्ला समन्वय समितिका संयोजक बैन बहादुर क्षेत्रीले स्थानीय तह सम्बन्धि  कानुनको अभाबमा आफुहरुलाइ काम गर्न अप्ठ्यारो परेको भन्दै चाडो भन्दा चाडो कानुन निर्माण गर्न आग्रह गरे ।  सो अबसरमा  पोखरा लेखनाथ महानगरका  इन्जिनियर शारादा मोहन काफ्ले , वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी ,   शान्तिबन बाटो निर्माण    उपभोक्ता  समितिका  कोषाध्यक्ष बलराम   पाहारि , समितिका सचिब प्रकाश शर्मा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कास्कीको  निर्बाचन क्षेत्र न ३ अन्तर्गतको  निर्बाचन  क्षेत्र पूर्वाधार बिशेस   कार्यक्रम अन्तर्गत करिब १२ लाख ५० हजार ,पोखरा लेखनाथ महानगर कार्यालयबाट करिब १० लाख असि हजार , लगायत अन्य संघ संस्था  व्यक्तिहरु एबम जनश्रमदान गरि करिब  ३० लाख ८० हजार रुपैयाको  लागतमा निर्माण सम्पन्न भएको शान्तिबन बाटो निर्माण    उपभोक्ता  समितिका  कोषाध्यक्ष बलराम   पाहारिले  जानकारी    दिए ।शान्तिबन बाटो निर्माण    उपभोक्ता  समितिका  अध्यक्ष रुद्र प्रसाद खनालको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४     8:52:46 PM

Tara Chapagain

See all posts by