गुरुङ ब्युटी पार्लरको छैटौ शाखा बिस्तार ः निशुल्क दुई दिने सौन्दर्य शिवीर

पोखरा २३ भाद्र,

बिगत २३ वर्ष देखि सञ्चालित गुरुङ ब्युटी पार्लर प्रा. लि ले चिप्लेढुङ्घामा आफ्नो ६ औ शाखा बिस्तार गरेको छ । शाखा बिस्तारको अवसर पारेर दुई दिने निशुल्क स्वाथ्य शिवीर सञ्चालन गरेको छ ।

कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि महिला तथा बालबालिका कार्यलयका प्रमुख लक्ष्मी जि.सीेले सौन्दर्य भनेको महिलाको गहना भएको बताइन । महिलाहरु आर्थिक रुपमा आत्मा निर्भर हुनु पर्ने कुरामा जोड दिदै गुरुङ ब्युटी पार्लर का प्रोपाइटर चिनु गुरुङलाइ शाखा बिस्तारको शुभकामना दिदै आफुले यस कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता दिइन् ।

कार्यक्रममा गण्डकी मेडिकल कलेजका छाला रोग बिशेषज्ञ डा ंसरस्वती शर्मा र सौन्दर्य बिशेषज्ञ चिनु गुरुङले उपस्थित सबैलाइ ब्युटीसियन समबन्धि परामर्श दिएका थिए । निशुल्क दुई दिने सौन्दर्य शिवीरमा छाला समबन्धि परामर्श , कपालका बिभीन्न समस्या समबन्धि परामर्श दिइने छ भने निशुल्क छाला परिक्षण , शिवीर अवधिभर फेसियल र हेयर टिट्रमेन्टमा ५० प्रतिशत छुट, र शिवीर अवधिभर ब्यटिसियन तालिम समबन्धि भर्नामा २० प्रतिशत छुट हुने संचालक चिनु गुरुङले जानकारी दिइन् ।

 

प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४     8:43:06 AM

Tara Chapagain

See all posts by