माओवादी जनयुद्धका शहिद को १८ औँ स्मृति दिवशको अवसरमा वाईसियल कास्कीले रक्तदान कार्यक्रम

पोखरा , २३ भदौ
नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग वाईसियल नेपाल कास्कीको आयोजनामा शुक्रवार भएको खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

माओवादी जनयुद्धका शहिदहरु सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागी को १८ औँ स्मृति दिवशको अवसरमा वाईसियल कास्कीले रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सदस्य देवप्रसाद तमुले पहिलो रक्तदाता प्रेस सेन्टर नेपाल कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् । सो अवसरमा नेता गुरुङले अझै पनि शहिदका सपनाहरु पुरा नभएको र उनीहरुले वगाएको रगत खेर नजाने र अन्तिमसम्म पनि जनताको मुक्तिको लागि लडिरहने प्रतिवद्धता व्यक्त गरे । रक्तदान बाट ६३ युनिट रगत संकलन भएको छ ।

वाईसियलका अध्यक्ष राम थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भोजराज पौडेल र संचालन सचिव सन्तोष सोनामले गरेका थिए । तत्कालिन नेकपा माओवादीका पोलिटव्युरो सदस्य सुरेश वाग्ले९वासु० र भीमसेन पोखरेल९वैरागीको० २०५७ साल भाद्र २३ गते गोरखा जिल्लामा तत्कालिन सरकारले हत्या गरेको थियो ।

प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४     8:42:05 PM

Tara Chapagain

See all posts by