लायन्स क्लव अफ पोखरा अन्नपूर्णको छात्रवृत्ति वितरण

पोखरा २३ भदौ ।

लायन्स क्लव अफ पोखरा अन्नपूर्णले १६ औ छात्रवृत्ति वितरण गरेको छ । क्लवले शुक्रबार एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति वितरण गरेको हो । क्लवले हरेक वर्ष आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न  विद्यालयमा अध्ययनरत बाबाआमा नभएका तथा अपाङ  क्लवले कक्षा नर्सरी देखी स्नातकोत्तर तहसम्मका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।

       कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पढ्न चाहाना हुदा हुदै पनि पढ्न नपाएका विद्यार्थीहरुलाई क्लवले सहयोग गरेर उदाहरणिय काम गरेको बताए । उनले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई शैक्षिक स्तर बृद्धि गरी अगाडी बढ्न आग्रह गरे ।

  लायन्स क्लव अफ पोखरा अन्नपुर्णका अध्यक्ष अर्जुन पोखरेलले क्वलले समय समयमा यस्ता थुप्रै सामाजिक कार्यहरु गर्दै आएको बताउदै आगामी दिनहरुमा पनि यस क्लवले समाज सेवामा निरन्तरता दिदै जाने कुरामा जोड दिए । उनले बिभीन्न बिदेशी दाताहरु संग रकम संकलन गरि २३ जना बिधार्थीलाइ ३ लाख ८० हजार रकम प्रदान गरेको बताए ।

  कार्यक्रममा पूर्व अध्यक्ष सोनाम सांगु ,लायन चेयर पर्सन बाबुराम गिरी , विद्यार्थी  सुवास लामा, र लगायतका बक्ताहरुले क्वलले यस्ता रचनात्मक कामहरुलाई आगामि दिनहरुमा पनि निरन्तरता दिन आग्रह गर्दै क्लवले गरेको कामको प्रशंशा गरेका थिए । क्लबका सचिव सुर्य प्रसाद बरालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दिनेश तुलाचनले स्वागत मनतब्य राखेको थिए ।

प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४     7:02:51 PM

Tara Chapagain

See all posts by