पोखराको पस्र्याङमा एकाविहानै चोरी 

पोखरा २३, भदौ
पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ पस्र्याङमा शुक्रवार विहान ३ वजे चोरी भएको छ । स्थानीय विवेक गौतमको घरमा डेरा गरी वस्ने लोकवहादुर कुमालको कोठामा चोरी भएको हो । घरको गेट खुल्ला रहेको मौका पारी चोरले घरका अन्य चारवटा कोठाको ढोकामा वाहिर चावी लगाएर आफ्नो कोठमा ट्वाईलेटमा रहेको वाल्टी घोप्ट्याएर भेन्टीलेशन खोली चोर पसेको कुमालले वताए ।

 कोठामा रहेका झोला र पर्स सवै निकाल्दा निकाल्दै कुमालले थाहा पाएको सुनाए । पहिला त मुसो आए जस्तो लाग्यो पछि कोठामा ठूलै आवाज आयो उठेर हेर्दा त चोरले सवै झोला वाहिर निकालिसकेको उनले वताए । थाहा नपाएको भए चोरले सवै लट्टी पट्टी पार्ने रहेछ । धन्न वेलैमा थाहा पाउनाले २५ सय नगद मात्र चोरले लैजान भ्याएको उनले वताए । त्यसपछि उनले हल्ला खल्ला गरेपछि चोर भागेको वताएका छन् । एका विहानै तीन वजे नै घरमा चोर पसेपछि पस्र्याङ क्षेत्रका मानिसहरु उठेर हल्लीखल्ली गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीवाट तीनसय मिटर पश्चिममा चोरी हुँदा समेत प्रहरीले अत्तो पत्तो पाएको छैन । जिल्ला प्रहरी कार्यालयको नजिक रहेर पनि वडा प्रहरी कार्यालय वैदामको कार्यक्षेत्रमा पर्ने पोखराको पस्र्याङ क्षेत्रमा नियमित रुपमा चोरी हुँदै आएको छ । चोरी हुँदै आएको गुनासो आएपनि वडा प्रहरी कार्यालय वैदामले सो क्षेत्रमा प्रहरी उपस्थित नगराएको स्थानीयवासीको आरोप छ । प्रहरीहरु ड्युटिमा नखटाउने र खटाएका प्रहरी पनि ड्युटीमा भन्दा अन्यत्र भूल्ने गर्दा पोखरामा प्रहरीको अगाडि नै चोरलाई चौतारी हुने गरेको छ । 

दुई दिन अघि मात्र प्रहरी गण पार्दीवाट चिप्लेढुङ्गामा ड्युटिमा खटिएका एक जवान त्यही रहेको रेलिङमा गफ छाँटेर वसेको भेटेपछि सोही वाटो हिँडेका क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक कृष्णवहादुर कार्कीले तँ ड्युटी गर्न आएको कि रेलिङमा वसेर गफ छाँट्न आएको भन्दै ती प्रहरी जवानलाई हप्काएका थिए । त्यसपछि ती जवानले प्रहरी निरिक्षक कार्की सामु तत्काल माफी मागेका थिए ।

पोखराका चोकमा प्रहरी खटाएपनि ति प्रहरीले कत्तिको इमान्दारी पूर्वक ड्युटी गरेका छन् भन्ने अनुगमन प्रभावकारी रुपमा नभएको नागरिकको गुनासो छ । प्रहरीको अगाडिवाट नै सिक्री तानेर भाग्दा समेत नजिकै वसेको प्रहरीले थाहा पाउने अवस्था छैन । किनकी ड्युटिमा रहेको प्रहरी चिया पसलमा गफ लगाउँदै गर्दा यता चोरले वित्यास पारी सक्छ चिप्लेढुंगाका राजन पराजुलीले भने । पोखरामा अन्य वेलामा भन्दा चाडवाडको वेलामा वढी चोरी हुने गरेको छ । पोखराका चोकमा ड्युटीमा प्रहरी खटाईएपनि ती प्रहरीहरु चिया पसल, वदामका ठेला र फूटपाथे व्यापारी सँग गफ गरेर वस्दा चोरले तत्काल मौका छोप्ने गरेको स्थानीय नागरिकले गुनासो गरेका छन् । कमल पौडेल अथक  फेसबुकबाट

प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४     9:09:41 AM

Tara Chapagain

See all posts by