पोखरामा ६० सेकेन्डको इन्टरनेशनल फिल्म फेस्टिबल प्रर्दशनि हुने

पोखरा २२ भदौ:

बल्र्ड मेरिट पोखरा र ओपन इस्पेस नेटवर्कको सयुक्त आयोजनामा ६० सेकेन्ड इन्टरनेशनल फिल्म फेस्टिबल प्रर्शनि हुने भएको छ ।
यहि आउँदो भाद्र २६ गते मिड–टाउन सिनेमा हलमा साझ ६.३० बजे प्रर्दशनि गरिने भएको छ । विधिबत रुपमा आफ्नो ठाउँको पहिचान गर्ने उदे्श्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले पोखरामा विहिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएका छन ।
विश्वभरका फिल्म निर्माताहरुले ६० सेकेन्ड भित्र समसामहिक विषयलाई समेटे निर्माण गरिएका फिल्म प्रर्दशनि गरिने कार्यक्रममा करिब संसारभर बाट करिब १ हजार ५ सय भन्दा बढीको आवेदन परेकोमा ४० बटा मात्र फिल्म छनोटमा परेको आयोजकले जानकारी दिएका छन ।

१३ देशका सहित नेपालका १३ बटा एक मिनेटका चलचित्र स्क्रनिङ्ग गरिने छ, शान्ति, शिक्षा, अन्तर सदभाव, यर्थाथपन, हाँस्यब्यङ्ग र बिभेदका साथमा पर्यटन सम्वन्धि बिषयहरुको बारेमा अवस्था दर्साउने छ, अध्यक्ष सञ्यय भण्डारीले भने । कार्यक्रम सफल पार्नेका लागि करिब १ लाख ९० हजार खर्च लाग्ने र करिब ६० हजार बचत गर्ने लक्ष्य आयोजकको रहेको छ । बचत रकम पोखरामा हुन लगेको अन्र्तराष्ट्रिय युवा सम्मेलनमा सहयोग गरिने भण्डारीले जानकारी दिएका थिए । दर्शकहरुले चलचित्र हेर्नेका एक हजार, पाँच सय र तिन सय रुपैया दरका टिकट मध्य कुनै एक खरिद गर्नु पर्ने हुन्छ।

प्रकाशित मितिः बिहिबार, भदौ २२, २०७४     6:18:02 PM

Ganesh Pahari

See all posts by