जुम्ला,भदौं २२
उडिरहेको नेपाल वायुसेवा निगमको विमानमा एक यात्रुको मृत्यु भएको छ । विहिबार विहान जुम्लाका लागि नेपालञ्जबाट उडेको नेपाल वायुसेवा निगमको विमानमा उडिरहेको केहि समयपछि नै एक्कासी एक यात्रुको मृत्यु भएको हो । उडेको केही समयमै जुम्लाको हुमा गाउँपालिका ६ की ५६ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । निगमका अनुसार जुम्ला विमानस्थलमै मृतकको शव आफन्तले बुझेर लगिसकेको जनाएको छ । के कारणले शाहीको मृत्यु भयो भन्ने बारेमा केहि खुल्न सकेको छैन ।जनता टाइम्सबाट