घुस लिँदालिँदै नाप तौल विभागका तीनजना कर्मचारी पक्राउ

काठमाडौं भदौ २२ ,

घुस लिँदै गर्दा नाप तौल विभागका तीनजना कर्मचारी पक्राउ परेका छन् । काठमाडौंको बालाजुमा रहेको गुणस्तर तथा नाप तौल विभागका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई पाँच लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियारका प्रवक्ता जीवराम कोइरालाले जानकारी दिनुभयो ।

भक्तपुरको सल्लाघारीमा रहेको एउटा रेष्टुरेन्टमा ट्याक्सी मिटर जडानको विषयमा घुस लिइरहेका बेला उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । घुस लेनदेन भइरहेको खबर पाएपछि अख्तियारको टोली रेष्टुरेन्टमा पुगेको थियो ।

प्रकाशित मितिः बिहिबार, भदौ २२, २०७४     12:07:18 PM

Tara Chapagain

See all posts by