लोकतान्त्रिकक यातायात व्यवसायी संगठन प्रदेश संयोजकमा केसी

पोखरा, २१ भदौ

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको ४ नम्बर प्रदेशको भेला सम्पन्न भएको छ । मंगलबार सम्पन्न उक्त भेलाले यातायात व्यवसायी योगेन्द्रबहादुर केसीको संयोजकत्वमा ४० सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको छ । समितिको सहसंयोजकमा बलराम सापकोटा चयन भएका छन् ।

पूर्व मन्त्री तथा एमाले सल्लाहकार परिषदका उपाध्यक्ष खगराज अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । यातायात व्यवसायका क्षेत्रमा भएका विकृति विसंगति अन्त्य गर्न तथा व्यावसायिक हकहितमा संगठन सक्रिय हुने केसीले बताए । संयोजक केसी नेपाल यातायात राष्ट्रिय महासंघका गण्डकी अञ्चलको सहसंयोजक तथा संगठनको केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

प्रकाशित मितिः बिहिबार, भदौ २२, २०७४     8:09:53 AM

Tara Chapagain

See all posts by